बैतडीको पुर्चौंडीमा आगलागी, एकैघरका तीनजनाको जलेर मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बैतडीको पुर्चौंडीमा आगलागी, एकैघरका तीनजनाको जलेर मृत्यु


९ जेष्ठ २०७६, बिहिबार


आगलागी

बैतडी । बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ।

पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो।

बुधबार राति करिब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेको बताइएको छ । ७ वर्ष यता पुर्चौडीको हाट आसपासमा मजदुरी र मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार पछिल्लो समय बसपार्कमा टहरो बनाएर बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस