काठमाडौं । एक लाख अवैध अमेरिकी डलरसहित एक भारतीय महिला पक्राउ परेकी छन् ।
शुक्रबार नेपाल एयरलाइन्सको विमानबाट मुम्बई जानलागेकी भारतीय नागरिक बन्दना सोनी विमानस्थलबाट पक्राउ परेकी हुन् ।
प्रहरीले बन्दना सोनी भनिने बन्दना सोनीलार्य अवैध अमेरिकी डलर एक सय दरका एक हजार थानसहित पक्राउ गरेको जनाएको छ ।
उनलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।