सिराहा । सिराहा लहान नगरपालिका-८ मा डेरा गरी बस्ने जनकपुर नगरपालिका-२१ घर भएका २१ बर्षीय राजु कुमार साहलाई छुरा प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका- ८ का २० बर्षीय राजवावु पासवान र सोही स्थानका १९ बर्षीय दिपेश यादव रहेका छन् ।
क्रिकेट खेल्ने क्रममा पुरानो रिसिविको कारण बादबिवाद हुँदा लहान नगरपालिका-७ शिव चोकमा राजु कुमारलाई उनीहरुले छुरा प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरु दुबै जनालाई पक्राउ गरेको हो ।
छुरा प्रहारबाट घाइते भएका राजुको राउ स्मारक अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।