२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनसँग सुरक्षा व्यवस्था मजबुत बनाउन बडीकेदार गा.पाको अनुरोध

अ+ अ-

डोटी । बडीकेदार गाउँपालिकाको वडा नम्बर ४ को वडा कार्यालयमा अज्ञात समुहले मंगलबार राति गरेको आगजनीको घटनाको सन्दर्भमा गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै आगजनि अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनका साथै कर्मचारी र जनप्रतिनिधीहरुको सुरक्षा व्यवस्था मजबुत बनाउन प्रहरी प्रशासनसँग अनुरोध गरेको छ ।

बडीकेदार गाउँपालिकाका उपाध्यक्ष ईन्दा बोहरा भाटको हस्ताक्षर प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिका अन्तर्गत वडा नम्बर ४ को कार्यालयमा अज्ञात समुहले कार्यालयको ताला फोडी भित्र प्रवेश गरि कार्यालयमा रहेका सम्पूर्ण महत्वपूर्ण सरकारी कागजात, सरकारी अभिलेख लगाएत कार्यालयमा रहेका सम्पूर्ण नगदी जिसी मालसमानमा आगो लगाई नस्ट गरिएको घटनाले गाउँपालिका अत्यन्त दुखित भएको छ ।

आम नागरिककौ घर दैलोबाट सेवा प्रवाह गर्ने स्थानीय सरकारको ईकाईका रुपमा रहेको वडा कार्यालय माथि भएको आगजनी संस्थागत हुदै गएको संघीयतामा र स्थानीय सरकारको बढ्दो लोकपृयताबाट अत्तालिएका समुहहरुको कुकृत्य बाहेक अन्य केही होईन भन्ने गाउँपालिकाको ठहर रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमै भनिएको छ आगजनिबाट सेवा प्रवाहमा केही कठीनाई उत्पन्न भएको घटनाप्रति सेवाग्राहीहरु संग क्षमायाचना गर्दै अबिलम्ब सेवा सुचारु गर्न गाउँपालिका क्रियाशिल रहेको व्यहोरा अनुरोध छ ।

आगजनिको घटनामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुका साथै दुर दराजमा रहेका स्थानीय तह र ति मातहतका कार्यालयमा कार्यरत कर्मचारी, जनप्रतिनिधीहरुको सुरक्षा ब्यवस्था मजबुत बनाउन प्रहरी प्रशासनसँग अनुरोध गरिएको छ ।

अब वडा नम्बर ४ को वडा कार्यालयको नामको सम्पती भनेको एक थान होर्डीङ बोर्ड र एक थान साईन बोर्ड मात्र रहेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक पाण्डेयले बताए ।

उनले भने ‘गाउँपालिकाका लागि दुखद घटना भयो वडा कार्यालययले सम्पूर्ण काम शुन्यबाट सुरुवात गर्नुपर्ने अवस्था आयो सेवाग्राहीलाई सेवा उपभोग गर्न केही दिन तलमाथी होला पूर्ण रुपमा सेवा प्रबाह गर्ने बताए ।’

घटना कसले घटायो किन घटायो भन्ने बिषयमा केही पत्ता लागेको छैन, प्रहरीले अनुसन्धान गरिरहेको छ प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ५ लाख २३ हजार जिन्सी सामाग्री र ३८ प्रकारका विभिन्न रेकर्डहरु कायम गरिएका सरकारी अभिलेख हरुलगाएत सम्पूर्ण कुराहरु नस्ट गरिएको वडा कार्यालयको नाममा केहीपनि बाँकी नरहेको वडा नम्बर ४ का वडा अध्यक्ष बिरेन्द्र बहादुर कोटकेनीले बताए ।