८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पामा टेलिफोन सेवा सञ्चालन

अ+ अ-

डोल्पा । हिमाली जिल्ला डोल्पामा टेलिफोन सेवा पुनः सञ्चालन भएको छ । तीन दिनदेखि अवरुद्ध भएको सिडिएमए तथा जिएसएम र ल्याण्डलाइन टेलिफोन सेवा आजदेखि नियमित रुपमा सञ्चालन भएको हो ।

त्रिपुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसी लेखमा राखिएको टावरको ट्रान्समिसन उपकरण मर्मत गरेसँगै सदरमुकाम दुनै, जुफाल र माझफालमा मोबाइल सेवा सञ्चालन भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका उप–निर्देशक शिवराज खनालले जानकारी दिए ।

ठूलीभेरी नगरपालिकाअन्तर्गत दुनै र माझफालमा राखिएको जिएसएम टेलिफोन सेवा सञ्चालन भए पनि जुफालमा राखिएको मोबाइल टावरबाट जिएसएम मोबाइल सेवा सञ्चालन हुन सकेको छैन । जुफालमा राखिएको टावरबाट सञ्चालनमा आइरहेको जिएसएम मोबाइल सेवा सञ्चालन गराउनका लागि काम भइरहेकाले कहिले सञ्चालन हुन्छ भन्न नसकिने क्षेत्रीय उप–निर्देशक खनालले बताए।

मोबाइल टावरसँगै जुफाल र दुनैमा एडिएसएल इन्टरनेट सेवा पनि सञ्चालन भएको छ । टेलिफोन टावर सञ्चालनमा आएपछि सेवाग्राही खुशी भएका छन् भने टावर नहुँदा प्रभावित भएको सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज गर्नसमेत सञ्चालन भएको छ । रसी लेखमा राखिएको रेडियो लिङ्क टावरमा समस्या आएपछि तीन दिनसम्म डोल्पामा मोबाइल सेवा अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस