रामेछाप । सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
खिम्तिबाट मन्थली जाँदै गरेको बा४८प३०१८ नं.को मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएकोे हो ।
घाइते भएकी तामाङको उपचारका क्रममा तामाकोी सहकारी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मन्थली नगरपालिका–२ निवासी २० वर्षीय मोटरसाइकल चालक रामकुमार श्रेष्ठ र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।