विप्लव समूहका पोलिटब्यूरो सदस्य पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विप्लव समूहका पोलिटब्यूरो सदस्य पक्राउ


प्रशासन संवाददाता

२५ बैशाख २०७६, बुधबार


pakrau

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पोलिटब्यूरो सदस्य भरत बमलाई बाँकेमा विस्फोटक पदार्थसहित प्रहरीले आज पक्राउ गरेको छ ।

कोहलपुर–नेपालगञ्ज सडकखण्डमा पर्ने जानकी गाउँपालिका–६ गनापुरबाट पोलिटब्युरो सदस्य बमलाई पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक अरुण घिमिरेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बमलाई पक्राउ गरेको हो । बमको साथबाट विस्फोटक पदार्थ, ल्यापटप र पार्टीको दस्तावेज फेला परेको प्रहरी उपरीक्षक पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस