डोटी । डोटीको बडी केदार गाउँपालिका–४ मान्नाकापडीको वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी गरिएको छ ।
डोटी जिल्लाको दक्षिण क्षेत्रमा रहेको गाउँपालिकाको वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र पसी सामाग्रीहरू एक ठाउँमा जम्मा गरेर आगो लगाइएको वडा नम्बर ४ का वडा अध्यक्ष वीरेन्द्र बहादुर कोटकेनीले बताएका छन् ।
उनले भने ‘ वडा कार्यालय गाउँभन्दा अलि माथि छेउमा छ, धेरै टाढा पनि छैन तर रातिको समयमा कार्यालयको ढोका फोडेर सबै सामाग्रीहरू एक ठाउँमा जम्मा गरेर सुनियोजित तरिकाले जलाएको हो सबै सामाग्रीहरू नष्ट गरिएको छ ।’ हिजो अस्तिका दिनहरूमा आफू वडा कार्यालयमा बसी सेवा प्रवाह गरिरहेको कसैसँग त्यस्तो विमति, वादविवाद केही नभएकोले दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने अध्यक्ष कोटकेनीले बताए ।
रातिको समयमा आयो लगाइएको भए पनि आज बिहान मात्र प्रहरीलाई जानकारी भएपछि इलाका प्रहरी कार्यालय विपीनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटना स्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।
वडा कार्यालय जलाइयो भन्ने खबर सुन्दा दुखद खबर भएको बडी केदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । उनले भने ‘वडा कार्यालय भनेको जनताको कार्यालय हो जनताका केही विमतिहरू भए वडा आफ्नो जनप्रतिनिधि अध्यक्ष सँग राख्ने हो यस विषयमा गाउँपालिकाले टोली गठ नगरी छानबिन गर्ने बताए । ’
आगो कसले लगायो, किन लगायो भन्ने विषयमा केही पत्ता लागेको छैन । घटना स्थल तर्फ प्रहरी गइरहेकोले अनुसन्धान पछि मात्र थाहा हुने वडा अध्यक्षले बताए ।