२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’

अ+ अ-

‘मनमा दुःखको सागर उर्लिएकै भए पनि
छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि ।
सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा
छोराछोरी अटाउँछन् आमाको साससासमा ।।’

शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भावना शेरबुजाले यो कविता वाचन गर्दा धेरैका आँखा रसाए ।

मातातीर्थ औँसीअर्थात् ‘आमाको मुख हेर्ने दिन’ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १४ छात्र–छात्राले आमाको महिमा, आमाका दुःख कष्ट र सन्तानका लागि आमाले गर्ने त्याग र महानताका कविता सुनाएका थिए ।

‘आमाका आँखामा मैले विश्व ब्रह्माण्ड देख्दछु
आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु ।’

कक्षा १० का छात्र रोहित थापाले ‘आमा’ शीर्षकको यो कविता वाचन गर्दा विद्यार्थी मात्रै होइन शिक्षक÷शिक्षिकासमेत दङ्ग परे । सबैको एउटै कामना थियो सबै छोराछोरीको बिहे पछि र कमाउने भएपछि पनि आमा बाबाप्रति यस्तै भावना, विचार र व्यवहार भैदिए हाम्रो समाजमा वृद्धावस्थामा कोही पनि आमाबाबा निराश हुनुपर्ने थिएन । कही कतै वृद्धाश्रम बनाउनुपर्ने पनि थिएन ।

तर, कवितामा पोखिएका भाव र विचार व्यवहारमा भने लागू गर्न नसक्दा आफ्नै सन्तानबाट उपेक्षित बनेर सहाराविहीन भएका आमा आज वृद्धाश्रममा भेटिने गर्दछन् । प्राण जतिकै माया ममता दिएर हुर्काएका सन्तानले जब बूढेसकाल वा अशक्त अवस्थामा अपहेलना गर्छन् त्यति बेला जुनसुकै आमाको मन पनि कुडिने कुरा छात्रा काजल केसीले आफ्ना कविताका हरफमा यसरी व्यक्त गरिन्

वृद्धाश्रम बने किन रु सन्तान हो, भन्न सक्दछौँ ?
आफ्नै आमालाई हेला, सन्तान हो किन गर्दछौँ ?
बूढेसकालको व्यथा तिमीले पनि भोग्ने छौँ
त्यति बेला अनि तिमी आमाको दुःख देख्ने छौँ ।।

काजलका कविताको यो हरफमा व्यक्त भएका शब्दसँग नेपाली समाजको यथार्थता मेल खाएको शिक्षक वीरबहादुर गुरुङले बताए । “आफ्नै आमाबाबाप्रति असहिष्णु बन्ने व्यक्ति समाज र देशका लागि सहिष्णु र जिम्मेवार बन्नै सक्दैन”, गुरुङले भने । छोराछोरीको रेखदेख र स्याहारसुसारमा बूढ्यौली जीवन कटाउने अपेक्षामा रहेका आमाले सबैभन्दा दुःखको अनुभूति त्यतिबेला गर्छन्, जतिबेला आफ्नै सन्तानबाट उपेक्षित र बोझ बनेर बस्नुपर्छ ।

मातापितालाई देवतासरह मान्नुपर्छ भन्ने संस्कार सिकाउने हाम्रो आदर्श वाक्य रहे पनि त्यो व्यवहारमा भने लागू हुन नसकेको ८४ वर्षीय बेदप्रसाद उपाध्यायले बताए । विद्यार्थीले कवितामा व्यक्त गरेका भाव र विचार वयस्क मानिसले व्यवहारमा उतार्ने हो भने संसारका कुनै पनि आमाले दुःख पाउनु नपर्ने र आफ्ना सन्तानप्रति कुनै गुनासा नआउने शिक्षक प्रेम शाही ‘समुन्द्री’ले बताए ।

कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भावना शेरबुजाले आमाको तुलना संसारका कुनै चिजसँग गर्न नसकिने बताउँदै आफूलाई मनपर्ने कविताको हरफ सुनाइन् ।

‘संसारमै छ सबै चिज, खोजे मिल्छ घरी घरी
तर जन्म दिने आमा पाइँदैन कसै गरी ।’

प्रतिक्रिया दिनुहोस