मकवानपुर । हेटौंडा उपमहानगरपालिका-३ बसामाडीबाट अवैध लागूऔषध गाँजा करिब ७५ किलो सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ना.५ ख ८१६४ नम्बरको ट्रकका चालक रौतहट चन्द्रनिगाहपुर बस्ने २७ वर्षीय कर्ण बहादुर हमाल र सोही ठाउँ बस्ने सहचालक १९ वर्षीय गौरी शंकर यादव रहेका छन् ।
बसामाडीस्थित पूर्वपश्चिम राजमार्गमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ट्रक जाँच गर्ने क्रममा लुकाइछिपाई ल्याएको उक्त लागूऔषध गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।