२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा प्रणाली सुधार गर्नुपर्ने : कार्यवाहक मुख्यमन्त्री

अ+ अ-

काठमाडौं । प्रदेश नं ३ का कार्यवाहक मुख्यमन्त्री सालिकराम जम्कट्टेलले शिक्षा प्रणाली सुधार्नुपर्ने बताएका छन् ।

प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले शिक्षा क्षेत्रमा नीति योजना बनाउँदा प्राविधिक विषय कृषि, पर्यटन, सहकारीलगायतका कम्तीमा पाँच विषय अनिवार्य गरिनुपर्ने बताए ।

“अबको हाम्रो शिक्षाको कार्यक्रम भनेको गाउँपालिका केन्द्रित हुनुपर्छ । गाउँपालिकामा भएका धेरै विद्यालयमा पुस्तकालय, खेलमैदान र कम्प्युटर ल्याब छैनन्, त्यता ध्यान दिनु जरुरी छ”, उनले भने । उनले स्थानीय तहलाई शिक्षामा लगानी गर्न अनुरोध गर्दै विकासको ‘मोेडल’ परिवर्तन नभएसम्म विकास सम्भव नभएको बताए। उनले परिणाममुखी काम गर्न पनि सबै सरोकारवालालाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शिक्षा क्षेत्रमा धेरै खालका सुधारको खाँचो रहेको बताउँदै सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षामा शिक्षक, अभिभावक सबै मिलेर सुधार ल्याउन सकिने बताए ।

कार्यक्रममा प्रदेशसभा, शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले शिक्षकले मेहनत गरेमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने बताए ।

प्रतिक्रिया दिनुहोस