२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतृत्व चयनले कार्यकर्तामा उत्साह

अ+ अ-

राँझा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला नेतृत्व चयन भएपछि कार्यकर्तामा उत्साह देखिएको छ । जिल्ला नेतृत्व चयनले स्थानीय तहका कमिटीसमेत चलायमान हुन थालेका छन् । बाँकेमा दुई महीनाअघि नै आठै स्थानीय तहमा अध्यक्ष, सचिव र कमिटीका सदस्यले शपथग्रहण गरे पनि जिल्ला नेतृत्व चयन नहुँदा अलमलको अवस्था रहेको थियो ।

नेकपा बाँकेमा अध्यक्षमा पुराना कम्युनिष्ट नेता तत्कालीन माओवादी केन्द्रका संयोजक आइपी खरेल र सचिवमा तत्कालीन नेकपा एमालेका अध्यक्ष अशोक कोइराला चयन भएकाले पनि कार्यकर्ता पङ्क्तिमा उत्साह देखिएको नेकपा जानकी गाउँपालिका कमिटीका अध्यक्ष पदम धितालले जानकारी दिए ।

‘कमिटीको पहिलो बैठक बसेर वडातहमा कमिटी गठनको प्रक्रिया र कार्ययोजना अगाडि बढाए पनि जिल्ला तहमा कमिटी नभएका कारण कार्यक्रम गर्न अलमल भएको थियो’, उनले भने,’अब जिल्ला नेतृत्वको टुङ्गो लागेको छ, जिल्ला कमिटी चलायमान भएपछि हामीलाई पनि काम गर्न सजिलो हुनेछ ।’

नेपालगञ्ज उपमहानगरपालिका कमिटीका सचिव दत्तप्रसाद आचार्यले जिल्ला नेतृत्व चयन नहुँदा सङगठन विस्तार र पार्टीका गतिविधि गर्न धेरै कठिनाइ भएको उल्लेख गरे । जिल्ला नेतृत्व चयनले पार्टी कमिटी र सर्वसाधारणसमेत उत्साहित भएको उनको भनाइ छ ।

नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले लामो समयसम्मको अन्योलका बीच अध्यक्ष र सचिव सिफारिस भएकाले सबैमा उत्साह ल्याएको बताए । अनौपचारिकरूपमा पार्टीका काम शुरु गरे पनि शपथग्रहणलगत्तै योजनाबद्ध तरिकाले अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।

स्थानीय तह कमिटीलाई वडातहमा कमिटी गठन गर्न र कमिटीलाई चलायमान बनाउन अनुरोध गरेको नेकपा बाँकेका कार्यदल सदस्य गोपाल गिरीले बताए । बाँकेमा तत्कालीन नेकपा एमालेका अशोक कोइराला र गोपाल गिरी तथा तत्कालीन नेकपा माओवादी केन्द्रका अकल बम र प्रकाश सुवेदी नेकपा कार्यदल सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस