९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी अभावका कारण काममा समस्या : मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको बताएका छन् ।

प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति काठमाडौँद्वारा आज यहाँ आयोजित ‘प्रशासकीय न्याय र सेवा प्रवाह’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘कर्मचारीका अभावका कारण प्रदेश र स्थानीय सरकारको काम लथालिङ्ग भएको छ ।’

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारसँग बजेट तथा साधन स्रोत छ तर कर्मचारी अभावका कारण विकास निर्माणको काम हुन सकेको छैन भन्दै कर्मचारी सरुवा भएर आउँछन्, जान्छन् तर प्रदेश सरकारलाई कुनै जानकारी हुँदैन भन्ने गुनासो गरे ।

‘दर्जनौँ स्थानीय तह कर्मचारीविहीन भएको छ’, उनले भने, ‘अहिलेको परिवर्तनशील समाजमा कर्मचारीको दायित्व र जवाफदेहिता अझ बढेको छ ।’

प्रशासनविद् एवं प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले प्रशासनिक सङ्गठन र संरचना, त्यसको काम कर्तव्य र अधिकार तथा कर्मचारी र जनशक्तिको व्यवस्थापन र संयोजन नभएसम्म प्रशासनमा सुधार नहुने बताउँदै दिगो शान्ति र विकासका लागि सुशासन अत्यन्त आवश्यक भएको धारणा व्यक्त गरे ।

प्रदेश नं. ३ का मुख्यसचिव आन्दराज ढकालले प्रशासनिक सङ्क्रमण हटाउन नसकेका कारण सुशासनमा समस्या आएको र आर्थिक समृद्धि हुन नसकेको विचार व्यक्त गरे ।

उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश टेकराज नेपालको अध्यक्षतामा भएको सो कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र प्रशासकीय अदालतका रजिष्ट्रार अच्युत कुइँकेलले प्रशासनिक क्षेत्रको समस्या, चुनौती र यसको निराकरणका लागि गर्नुपर्ने कार्यको विविध पक्षमाथि प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस