२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निकुञ्जमा वन्यजन्तुलाई पानी अभाव

अ+ अ-

बाँके । पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ । बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ । निकुञ्जमा जङ्गली हात्ती पनि आउने गर्छन् । उनीहरुलाई पानी पिउनका लागि खोला, ताल, पोखरी र सीमसार भने छैनन् ।

पानी नहुँदा निकुञ्जबाट जनावर बाहिर निस्कने भएकाले मानवीय क्षतिसँगै जनावर मारिने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मी बताउँछन् । निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् ।

पौडी नखेल्ने जनावरलाई पनि पिउने पानी पर्याप्त चाहिन्छ । तर, ५५० वर्गकिलोमिटरको निकुञ्जमा २६ कृत्रिम पानीका पोखरी निर्माण भएका छन् । जहाँ हिउँदमा पानी हुँदैन । निकुञ्जका अनुसार, १० वर्गकिलोमिटर क्षेत्रमा एउटा पानीको स्रोत आवश्यक पर्ने हुँदा निकुञ्जमा कम्तीमा ५५ पोखरी चाहिन्छ । जसमा बाह्रै महीना पानी हुनुपर्छ ।

निकुञ्ज भएर बग्ने सिक्टा सिँचाइको नहर वन्यजन्तुले पानी पिउन सक्ने प्रकारको छैन । जसका कारण पानी पिउन नहर पसेका चित्तल डुबेर मर्ने गरेको निकुञ्जले जनाएको छ । प्रमुख संरक्षण अधिकृत रेग्मी जनावरले पानी पिउन सक्ने संरचना नहरमा बनाउन निकुञ्जले सिँचाइ आयोजनासँग मिलेर अध्ययन गरिरहेको बताउँछन्।

पानी खोज्न गाउँ पुगेका कैयौँ चित्तल मानिसको आक्रमणले घाइते भएको पनि उहाँको भनाइ छ । राप्ती नदीको केही भाग निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ भने निकुञ्जको सीमामा बबई नदी छ । बबईमा निर्माण भइरहेको भेरी डाइभर्सनबाट निकुञ्जमा पानी ल्याउने सम्भावना छ । निकुञ्जभित्र खहरे खोलाहरू मात्र रहेकाले पानीको अरू स्रोत देखिँदैन ।

निकुञ्जका अनुसार करीब ६० प्रतिशत भूभाग भावर र चुरे क्षेत्रमा पर्दछ । वर्षायाममा बाहेक अन्य सिजनमा पनि पानीको अभाव हुने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार भावर क्षेत्रमा पानी सोस्ने र चुरे क्षेत्रमा मुहान भेटिए पनि जनावरको उपस्थिति नहुने भएकाले समस्या छ । अधिकांश वन्यजन्तुको बासस्थान भावर क्षेत्रमा रहेको निकुञ्जले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस