२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा नयाँ वर्षको सुभारम्भसँगै एक सिपाही एक बिरुवा

अ+ अ-

डोटी । पर्यावरण संरक्षण र सवर्द्धन गर्न नेपाली सेनाले लागू गरेको ‘गो ग्रीन कार्यक्रम’ अन्तर्गत बार्षिक रुपमा ‘एक सिपाही एक विरुवा’ रोप्ने लक्ष्य अनुसार नयाँ बर्ष २०७६ सालको अवसरमा रुद्धध्वज गणले डोटीमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

जिल्ला सदरमुकाम सिलगढी अवस्थित रुद्धध्वज गणको आयोजनामा शैनिक ब्यारेक ईन्द्रचोक,बारुतखाना र सुरक्षा गुल्म पैयुभञ्ज्याङ्ग भित्र विभिन्न जातका ३ सय बोटबिरुवा बृक्षारोपण गरिएको रुद्धध्वज गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले बताए ।

उनले भने ‘हाम्रो वार्षिक कार्यक्रम अनुसार हामीले नयाँ वर्षको अवसरमा कार्यक्रमको सुभारम्भ गरेका छौ यसलकाई निरन्तरता दिने छौँ ।’अभियानलाई निरन्तरता दिन सबैले आ आफ्नो क्षेत्रमा लागु गर्न आवश्यक रहेको समेत प्रमुख सेनानी खड्काले बताए ।

वृक्षारोपण कार्यक्रममा सहभागि हुदै नयाँ वर्षको शुभारम्भ संगै नयाँ कार्यको थालनी गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए ।

उनले भने ‘ नयाँ वर्ष संगै नयाँ सोच, चिन्तन र नयाँ कार्यको थालनी भएको छ यसलाई निरन्तरता दिन सके बिकास र समृद्धी आफै आउन्छ ।’ जुन नेपाली सेनाले अभियानको थालनी गरेको छ यो अभियानलाई सबैले आ आफ्नो ठाउँ र क्षेत्रमा लागु गर्नुपर्ने समेत प्रजिअ सुवेदीले बताए । नेपाली सेना गर्दै आईरहेका सामाजिक तथा उदाहरणीय कार्यको प्रशंसा पनि गरेका थिए ।

हरियो बन नेपालको धन भने जस्तै हरीयाली युक्त नगर निमार्णमा बिषेश योजना सहित अघाडी बढीरहेकी दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मंजु मलासीले बताईन् ।

उनले भनिन् ‘ सेना बाट नयाँ कार्यको थालनी भएको छ यस अभियानलाई निरन्तरता दिनु पर्छ । नगरभित्र रहेका खाली स्थानहरुमा, रोड छेउछाउ, सामुदायीक बन क्षेत्रमा बृक्षारोपणको लागि अभियान संचालन गर्ने समेत नगर प्रमुख मलासीले बताईन् ।

बृक्षारोपण सर्वपक्षिय प्राणीहरुको हितमा गरिएको अभीयान हो यसलाई सबैले सहयोग गर्न आवश्यक रहेको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए ।

उनले भने यो नयाँ बर्षको सुभारम्भ भएको दिन हो, नयाँ कार्यको सुरुवाती भएको छ यस कार्यलाई जिल्लाका सबै स्थानीय तहले योजनाबद्ध तरिकाले कार्यान्वयन गर्न सके थप उपलब्धी देखिन्छ ।’

मौसम परिवर्तनले बातावरणमा पार्ने प्रभावलाई संन्तुलन कायम राख्न बृक्षारोपण गर्न आवश्यक रहेको जिल्ला जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले बताए ।

उनले भने ‘ नेपाली सेनाले नयाँ वर्ष संगै नयाँ कार्यको थालनी गरेकोे छ यस अभियानलाई १ व्यक्ति १ रुखको रुपमा जिल्ला व्यापी बनाउनु पर्छ’ कुनैपनि नयाँ कार्यक्रमको सुरुवाती संगै भाबी दिनमा कार्यक्रमको प्रभावको बारेमा प्रचार प्रसार गरि जिल्ला व्यापी बनाउन सके थप उलपब्धी हासील हुने समेत प्रहरी नायब उपरिक्षक धामीले बताए ।

बृक्षारोपण कार्यक्रममा फलफुलका विभिन्न प्रजातीका ९० गोटा, सल्ला, धुपि, लहरे पिपल, चिउरी, कपुर, बास गरी जम्मा ३०० वटा बोट विरुवा बृक्षारोपण गरीएको हो । वृक्षारोपण कार्यक्रममा दि.सि.न.पा.नगर प्रमुख, प्रजिअ,सहायक प्रजिअ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक,राष्ट्रिय अनुसन्धानका प्रहरी नायब उपरिक्षक, पत्रकार गणका सकल दर्जाका सुरक्षाकर्मि लगाएको सहभागिता रहेको थियो ।

पछील्लो समयमा नेपाली सेनाले सार्वजनिक स्थल, मठ ,मन्दिर, पाटी पौवाको सरसफाई, विभिन्न अभियान तथा दिवसहरुमा सहभागिहुनुका साथै सामाजिक सेवा मुलक कार्यमा पनि सहभागिता जनाउने गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस