३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिको तलब सामाजिक काममा

अ+ अ-

बागलुङ । जैमिनी नगरपालिका–७ जैदीका वडासदस्य केन्द्र रसाइलीले आफूले पाउने तलब, भत्ता सामाजिक काममा खर्चिएका छन् । रसाइलीले वडासदस्यको तलबबाट शनिबार जैदीमा २० थान ‘स्ट्रेचर’ प्रदान गरेका हुन् । एक लाख २० हजार मूल्य बराबरका ‘स्ट्रेचर’ वडाका सबै टोलमा पुग्ने गरी वितरण गरिएको थियो ।

पूर्वअर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यको उपस्थितिमा ‘स्ट्रेचर’ हस्तान्तरण गरिएको रसाइलीले बताए । “बिरामीलाई स्वास्थ्य संस्थामा पुर्‍याउन सहज होस् भनेर ‘स्ट्रेचर’ सहयोग गरेको हूँ”, उनले भने, “स्वास्थ्य स्वयंसेविकामार्फत सबै टोलमा स्ट्रेचर पुगेको छ ।”

यसअघि गत भदौमा उनलै जैदीकै संस्कृत माविलाई ८४ हजार मूल्य बरारबका विज्ञान विषयका प्रयोगात्मक सामग्री प्रदान गरेका थिए । यस्तै गत जेठमा गाउँकै जनता बाल साक्षरता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान वितरण गरेका थिए । तीन चरणमा गरी दुई लाख ५० हजार मूल्य बराबरका सामग्री सहयोग गरेको रसाइलीले बताए । “तलब, भत्ताबाहेक केही व्यक्तिगत रकम पनि परेको छ”, उनले भने, “म वडासदस्य रहुञ्जेल शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्छु ।”

निर्वाचित भएपछि रसाइलीले राज्यबाट कुनै पनि लाभको सुविधा नलिने घोषणा गरेका थिए । “राज्यको पैसाबाट पानी पनि नखाने अठोट लिएको छु”, उनले भने, “म राजनीतिलाई पेशा होइन, सेवा बनाउन चाहन्छु ।” पदमा रहँदा या नरहँदा पनि राजनीतिसँगै सामाजिक सेवाका काममा क्रियाशील हुने रसाइलीको सङ्कल्प छ ।

स्ट्रेचर हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आचार्यले रसाइलीले जनप्रतिनिधिको रूपमा उदाहरणीय कार्य गरेको प्रतिक्रिया दिए । पदमा पुगेपछि सुविधाभोगी बन्ने प्रवृत्तिलाई रसाइलीको सत्कर्मले सकारात्मक पाठ सिकाएको उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस