२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

अ+ अ-

डोटी । बडीकेदार गाउँपालिका–१ मा एक हजार तीन सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । विपीनगरस्थित केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसमा शुक्रवार र शनिवार सञ्चालनको भएको उक्त शिविरमा एक हजार तीन सय ६६ जनाले स्वास्थ्य परीक्षण गराएका हुन् ।

सेभ द हर्ट संस्था तथा नि सर्ग अस्पताल धनगढीको सहयोग र बडी केदार गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन भएको थियो ।

आर्थिक अभावका कारण कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने उदेश्यले बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बडी केदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए ।

उनले भने ‘हामी शिविरमा सोचेभन्दा पनि बढी सफल भएका छौ ।’

गाउँ घरमा रहेका महिलाहरूलाई लक्षित गरेर शिविरको आयोजना गरिएको बडी केदार गाउँ पालिकाकी उपाध्यक्ष ईन्द्रा भाट(बोहरा) ले बताइन् ।

उनले भनिन् ‘शिविरबाट धेरै महिलाहरूको उपचार भएको छ, धेरैजनाको कस्तो प्रकारको रोग हो भनेर पत्ता लागेको छ, महिलाको सवालमा तल्लो पेट दुख्ने, पाठेघरको समस्या भएका महिलाहरू पनि धेरै भेटिएकाले आगामी दिनमा पनि त्यस्तो रोग भएकाहरूका लागि विशेष पहल गरिने समेत बताए ।

एक हजार तीन सय ६६ जनाको गरेको स्वास्थ्य परीक्षणमा ४ सय ६६ जनाको ईसीजी, २ सय ५८ जनाको इको गरेको मनमोहन कार्डीयोलोजी अस्पतालका मुटु रोग विशेषज्ञ एवं टोली प्रमुख डा. अनिल भट्टराईले बताए ।

उनले ‘स्वास्थ्य परीक्षण गरेको मध्येमा १ सय २० जना प्रेसर, ४ जनामा जन्मजात मुटु रोगी, ९ जनामा बाथ रोग बिग्रिएर मुटु रोगी, २ जनाको मुटुमा जाली राखेको, १ सय ४२ जना मुटु रोगी महिलाको पाठेघर र तल्लो पेट सम्बन्धी थुप्रै समस्या भएका महिलाहरू भेटिएका बताए । ’ मुटुरोगीहरु मध्ये १२ जनाको अवस्था अलि जटिल रहेकोले उपचारमा समेत पूर्णरुपमा सहयोग गर्ने समेत बताए ।

शिविरबाट विभिन्न रोगका अवस्था पत्ता लागेका बिरामीहरूको थप उपचार गर्नमा सहयोग पुग्ने बडी केदार बडी केदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक राज पाण्डेले बताए ।

उनले भने, ‘यो सामाजिक कार्य हो । हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण प्रयास गरेका थियौँ सफल भयो ।’

शिविरको लागि करिब ३० जना चिकित्सक तथा स्वास्थ्य कर्मीको टोली आउँदछ, बालक, महिला, बृद्धबृद्धाहरु सबैको, उपचार गरिनेछ ।’

२ दिन चलेको निःशुल्क शिविरमा डोटीको बडी केदार गाउँपालिका, बोगटान गाउँपालिका, जोरायल गाउँपालि काकासाथै कैलाली र डडेलधुराका विभिन्न स्थानका सेवाग्राहीहरुले सेवा उपभोग गरेका थिए ।

शिविरमा आवश्यक उपकरण सहित मनमोहन कार्डीयोलोजी अस्पतालका मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा ७ जना विशेषज्ञ चिकित्सक सहित २१ जना नि सर्ग अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा। प्रतीक्षा सिंह राठोर सहित ३ जना र जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलगायत करिब ३० जना स्वास्थ्य कर्मीहरूको टोली थियो ।

स्थानीय तहले आयोजना गरेर सञ्चालनमा गरेको मुटु रोग विशेषज्ञसहितको चिकित्सक टोली सहभागी भई सञ्चालन भएको नेपालमा पहिलो स्वास्थ्य शिविर हो ।

प्रतिक्रिया दिनुहोस