शक्ति एकीकृत गर्न खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजेका हौँ -प्रधानमन्त्री ओली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शक्ति एकीकृत गर्न खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजेका हौँ -प्रधानमन्त्री ओली


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७५, आइतबार


शक्ति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै शक्ति एकीकृत गर्न खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजेको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र दमकमा आयोजित एक नम्बर प्रदेश स्तरीय साहित्यिक प्राज्ञिक गोष्ठीको आइतबार उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

‘कतिपयले प्रधानमन्त्रीले शक्ति आफूमा केन्द्रित गर्न खोज्यो भन्छन् तर त्यो होइन’ प्रधानमन्त्री ओलीले भने ‘अहिले प्रधानमन्त्री शक्तिशाली हुन खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजिएको हो ।’
एक थरी मान्छेले यतिकै हल्ला चलाएको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले विप्लव समूहलाई हतियार सरकारलाई बुझाउन चेतावनी दिएका छन् ।

अहिले नै हतियार सरकारलाई बुझाउँदा कहाँबाट कसरी ल्याइयो भनेर सोधी खोजी नगरिनेसमेत स्पष्ट पार्दै उनले भने ‘विप्लव समूहले अहिले नै हतियार बुझाएमा कहाँबाट ल्याएको भनेर सोधी खोजी नगरौंला । अटेर गरेर मान्छे मार्दै, चन्दा असुल्दै हिँड्दा कानुन अनुसार नियन्त्रण गरिन्छ ।’

प्रधानमन्त्री ओलीले एक नम्बर प्रदेश आदि काल देखि नै साहित्यको उर्वर थलो भएको बताएका छन् । सो ठाउँको साहित्यिक श्रीवृद्धिका लागि संस्थागत प्रयास अघि बढाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस