बिराटनगर । मोरङको लाटिझोडा सव डिभिजन कार्यालयका प्रमुख सलाउद्दिन अन्सारी ३५ हजार घुसहित पक्राउ परेका छन् ।
सेवाग्राहीलाई काठ काट्न दिने भनी ३५ हजार घुस लिएका अन्सारीलाई डिभिजन वन कार्यालय मोरङको परिसरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको अक्तियारका प्रवक्त्ता प्रदीप कुमार कोइरालाले बताएका छन् ।