५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजन सकिएको सरकारी घोषणा ‘उधारो’

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया औपचारिक रूपमा समापन भएको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्‍यो ।

बिहीबार बिहान ११ः३० बजे सिंहदरबारस्थित मन्त्रालयको हलमा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य सेवा लगायत सबै सरकारी कर्मचारी गरी एक लाख ३१ जना कर्मचारीको समायोजन भएको सार्वजनिकीकरण गरियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यसचिव, गृह सचिव, सामान्य सचिवलगायत विभिन्न मन्त्रालयका उच्चपदस्थ कर्मचारीसहित घोषणा कार्यक्रममा समायोजन महाशाखा प्रमुख केदार प्रसाद पनेरुले कर्मचारी समायोजन सम्बन्धी मन्त्रालयले तयार पारेको विज्ञप्ति पढेर सुनाए । जसमा नेपाल स्वास्थ्य सेवातर्फका २७ हजार तीन सय दुई जना कर्मचारी समायोजन गरिएको तथ्याङ्क राखिएको थियो ।

विज्ञप्तिमा उल्लिखित तथ्याङ्क अनुसार सङ्घमा दुई हजार ७५, प्रदेशमा दुई हजार तीन सय ९४, स्थानीय तहमा २२ हजार एक सय ७६ र फा जिल छ सय ५७ गरी जम्मा २७ हजार तीन सय दुई जना कर्मचारी समायोजन भएको छ ।

तर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै वेवसाईडमा समायोजन भएका कर्मचारीको सूची भने छैन ।

स्वास्थ्यका २७ हजार बढी कर्मचारीको समायोजन सूची सार्वजनिक नभई कसरी समायोजन सकियो ? भन्ने प्रशासन डटकमको सम्मेलनमै सोधिएको प्रश्नको जवाफ दिँदै समायोजन महाशाखा प्रमुख पनेरुले स्वास्थ्य सेवाका कर्मचारीहरूको पछिल्लो अपडेट ८ बजेर ४२ मिनेटमा सफ्टवेयरमा अपलोड गरेको बताए तर यो समाचार तयार गर्दासम्म पनि सूची वेवसाइडमा राखिएको छैन ।

स्वास्थ्य मात्रै होइन, धेरै सेवा समूहको सूची अझै सार्वजनिक नभएको अवस्थामा समायोजन सकिएको भन्ने समाचारबारे कर्मचारीले असन्तुष्टि पोखेका छन् ।

यातायात व्यवस्था कार्यालय कोसीबाट सचिन लिम्बु भन्छन्, ‘राजपत्र अनंकित प्रथम श्रेणीका जनरल मेकानिकल इन्जिनियरिङको खोइ ? फेरी गलत समाचार ।’

‘फरेष्टर र वन रक्षकको समायोजनको सूचनै आएको छैन, अरू सबैको आई सक्यो, अनि फेरि समायोजन सक्कियो पनि भन्नुहुन्छ ?’ एलपी ढकाल र रामजी पौडेल भन्छन् ।

त्यसै गरी प्रकाश कोइराला र अजवलाल रायले प्रश्न सोधेका छन् ‘फाजिलको समायोजन कहिले हुन्छ ? आज समायोजन प्रक्रिया टुङ्गिन लागेको छ,तर फाजिलमा परेकालाई निराकरण अझै भएन । फाजिलमा परेकाहरू तनावमा छन्। ठोस निर्क्यौल कहिले होला ?’

बर्दिया राष्ट्रिय निकुञ्जबाट शम्भु आचार्यले भनेका छन् ‘खै त राष्ट्रिय निकुन्ज को सिनियर गेम स्काउट र गेम स्काउट को समायोजनको लिस्ट ? तेत्तीकै समायोजन सकिन्छ । वाइयात…..’

‘यसको जवाफ प्रशासन डट कमले खोज्दिनु पर्‍यो’ उनले लेखेका छन् ।

त्यसै गरी कर्मचारी सुरेश अधिकारीले शिक्षा सेवाका प्राविधिक सहायकहरूको समायोजन नभएको बताएका छन् । हैन, शिक्षा सेवाको रा प अन प्रथम प्राविधिक सहायक प्रा ।स ।को समायोजन नै भएको छैन, समायोजन कसरी सकियो ? उनले प्रश्न गरेका छन् ।

त्यस्तै सरकारका अर्का एक जना कर्मचारी रुपाखेती विजय संगम लेख्छन् सबै लिस्ट ननिकाली समायोजन सकियो अरे यो सामान्यले के नौटङ्की गरेको हो कि ?

यी त केही प्रतिनिधि प्रश्न मात्रै हुन् । समायोजन तथा यससँग जोडिएका तमाम विषयहरूबारे प्रश्नहरूको ओइरो छ तर उत्तर दिने मुडमा कोही छैनन् ।

प्रतिक्रिया दिनुहोस