राजविराज । सप्तरीमा सञ्चालित एसइई परीक्षामा बिहीबार भएको विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुपूर्व नै ‘आउट’ भएको छ ।
परीक्षा सुरु हुने समय बिहान ८ बजेका लागि निर्धारण गरिए पनि ७।४७ मिनेटमै प्रश्नपत्र समाजिक सञ्जाल र ‘फेसबुक’मा मार्फत बाहिरिएको हो ।
यसअघि बुधबार साँझ पनि विज्ञान विषयको प्रश्न पत्र आउट भएको हल्ला चलेको थियो ।
परीक्षा सुरु हुनुपूर्व नै प्रश्न पत्र बाहिरिएको विषय सत्य भएको सप्तरीका सिडिओ तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले बताए।
प्रश्नपत्र कसरी आउट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको पौडेलले बताए।
सप्तरीमा यस वर्ष ८ हजार ६ सय १८ जना विद्यार्थी एसइईमा सहभागी छन्। परीक्षाका लागि ३३ वटा केन्द्र निर्धारण गरिएको छ।







