२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रु ४५ करोड आयात हुँदा निर्यात साढे तीन लाख मात्र

अ+ अ-

भजनी । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा कैलालीस्थित सत्ती भन्सार कार्यालयबाट ४५ करोड मूल्य बराबरको सामान आयात भएको छ भने करीब साढे तीन लाख मूल्य बराबरको सामान मात्र निर्यात भएको छ ।

सरकारले चालू आर्थिक वर्षको शुरुमै सत्ती भन्सार कार्यालयलाई मुख्य भन्सार कार्यालयको रुपमा स्तरोन्नति गरेको थियो । ‘यो भन्सार कार्यालयबाट आयातित सामानको अवस्था सन्तोषजनक रहे पनि निर्यातको अवस्था अत्यनत नाजुक रहेको छ’, सो भन्सार कार्यालयका प्रमुख वसन्तकुमार केसीले भने, ‘निर्यातको नाममा हालसम्म कुपोण्डो ( पेठा) मात्रै निर्यात भएको छ, त्यो पनि सिजनमा मात्रै भएको थियो ।’

आयातित सामानमा हार्डवेयरका सामान, कपडा, तरकारी, साइकल र मोटरसाइकलका पाट्र्सलगायत बढी रहेका छन् । ‘निर्यात बढाउनका लागि हामीसँग कुनै उत्पादनका स्रोत नै छैन, भएका स्रोतसम्म पुग्न सडक सञ्जालले जोडिन सकेको छैन’ उनले भने, ‘कैलालीको टीकापुर चिसापानी हुँदै कर्णाली प्रदेशको सुर्खेतसम्म जोड्ने सडक निर्माण हुनसके कर्णाली प्रदेशको जडीबुटी यहाँबाट निर्यात गर्न सकिन्छ ।’

भन्सार प्रमुख केसीले खुला सिमानाका कारण चोरीपैठारी बढी भइरहेकाले पनि राजश्व सङ्कलन अपेक्षानुसार हुन नसकेको स्वीकार गर्दै सङ्कलित राजश्वको ४० प्रतिशत प्रदेश र स्थानीय सरकारलाई दिने व्यवस्था भए पनि जनप्रतिनिधिको पूर्ण सहयोग र सहकार्य नपाएको बताए । उनले भने, ‘भन्सार व्यवस्थित गर्ने दायित्व स्थानीय जनप्रतिनिधिको पनि हो तर उनीहरु दायित्व लिन चाहिरहेका छैनन् ।’