२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडालाई नै स्थायी राजधानी गर्न माग

अ+ अ-

हेटौँडा । हाल अस्थायी राजधानी रहेको हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य गर्न मकवानपुरस्थित जनसरोकार केन्द्रले जोड दिएको छ ।

मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रका संयोजक धुव्रप्रसाद चौलागाईंले केन्द्रीकृत मानसिकता त्याग्न सम्बन्धित सबैमा आग्रह गर्दैे राजधानीको विषयमा रहेको अन्योल हटाउन सुभाव दिए ।

हेटौँडा सबै दृष्टिकोणले स्थायी राजधानीको लागि उपयुक्त रहेको र सबै जिल्लाबाट नजिक भएकाले राजधानी अन्यत्र सार्नुभन्दा ९० प्रतिशत यहाँको वातावरण सहज भएकैले हेटौँडालाई नै राजधानी स्वीकार गर्नु उपयुक्त हुने उनले बताए ।

देशको केन्द्रीय राजधानी काठमाडौँलाई नै असर पर्ने गरी उपत्यका वा त्यस वरपर प्रदेश राजधानी सार्ने हो भने संघीयताका दृष्टिकोणले अनुपयुक्त हुनेमा जोड दिँदै संयोजक चौलागाईंले भने,’सवारी साधन जाममा परेर एम्बुलेन्समै बिरामीको मृत्यु भइरहेको देशको राजधानी काठमाडौँलाई थोरै भए पनि राहत दिन, उपत्यकाको धुलो धुवाँ र प्रदूषण थप बड्न नदिनका लागि हेटौँडालाई काठमाडौँको वैकल्पिक शहरका रुपमा विकास गर्न, केन्द्रीकृत अधिकार विकेन्द्रीकृत भयो भनेर प्रमाणित गर्न, अर्बौं लगानी गरेर तयार भएका यहाँको भौतिक संरचनालाई उपयोगविहीन बनाएर अन्त फेरि अर्बौं लगानी गर्नबाट रोक्न हेटौँडालाई नै स्थायी राजधानी कायम गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस