१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन हुँदै

अ+ अ-

काठमाडौं । दशौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन यही चैत ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्ष्टिच्यूटद्वारा हरेक वर्ष आयोजना हुने सो सम्मेलनमा सातै प्रदेशबाट १२५ जना स्वास्थ्यकर्मीको सहभागिता रहने छ ।

ग्रामीण क्षेत्रका प्रभाव भैराखेका स्वास्थ्य सेवाका अवस्था, चुनौती र समाधानका उपायबारे छलफल, तालीम प्रदान गर्ने उद्देश्यले आयोजना गरिने सो सम्मेलनमा निक साइमन्स पुरस्कार २०१८ समेत प्रदान गरिनेछ ।

इन्ष्टिच्यूटका प्रशासन संयोजक नवराज श्रेष्ठका अनुसार सम्मेलनमा ग्रामीण क्षेत्रका कार्यरत चिकित्सक, नर्स, स्वयंसेविकाले आफ्ना उत्कृष्ट स्वास्थ्य सफलतालाई प्रस्तुत समेत गर्नेछन् ।

जिम र मेरिलिन्स साइमन्सले आफ्ना दिवंगत छोरा निक साइमन्सको सम्झनामा स्थापना गरेको सो इन्ष्टिच्यूटले सन् २००८ देखि ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन आयोजना गर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् सो संस्थाले हाल वर्षेनि रु ३५ देखि ४० करोड नेपालको स्वास्थ्य सेवा सुधारका लागि खर्च गर्दै आएको छ ।

‘अस्पताल सहयोग विकास कार्यक्रम’ मार्फत् ग्रामीण क्षेत्रका स्वास्थ्यका उपकरण, स्वास्थ्यकर्मी, भौतिक पूर्वाधार, तालीमलगायत गुणस्तरीय स्वास्थ्य सेवा सुधारका लागि सहयोग गर्दै आएको उनले जानकारी दिए ।

सो संस्थाले विभिन्न १८ जिल्लामा कार्यक्रम गर्दै आएको र आगामी दिनमा २५ जिल्लामा योजना सञ्चालन गर्ने जनाएको छ । ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवा प्रवाह गर्दा आइपर्ने चुनौतीलाई समाधान गर्न सम्मेलन महत्वपूर्ण मानिँदै आएको छ ।

सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गर्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस