५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुर्मुस सुन्तलीको ‘मातृभूमि कप क्रिकेट’ प्रतियोगिता गरिने

अ+ अ-

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनको आयोजनामा मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता यसै महीना हुने भएको छ ।

यही चैत २३ गते हुने उक्त प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सम्मलित नेपाल ‘ए’ र नेपाल ‘बी’ टोलीबीच प्रतिस्पर्धा गराउने फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए ।

भरतपुर नगरपालिका–१५ रामपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रय क्रिकेट रङ्गशाला निर्माणमा आर्थिक सहयोग जुटाउन उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सो कपमा कप्तान पारस खड्काको कप्तानीमा नेपाल ‘ए’ र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीले नेपाल ‘बी’ बाट खेल्नेछन् । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

कप्तान खड्काको टोलीमा शरद भेषावकर, अनिलकुमार साह, ललितनारायण राजवंशी, सोमपाल कामी, अविनाश बोहोरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनील धमला, कमलसिंह ऐरी, आरिफ शेख र भुवन कार्की छन् ।

त्यस्तै उपकप्तान मल्लको टोलीमा विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भीम सार्की, पवन शर्राफ, विक्रम शोव, सुर्शन भारी, दिलीप नाथ र प्रदीप ऐरी छन् । फाउण्डेशनले सोही दिन कलाकारको पनि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गर्नेछ । कलाकारको टोलीलाई पनि दुई टोलीमा विभाजन गरिएको छ । कलाकार टोलीको प्रतिनिधित्व कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन् ।

मदनकृष्ण कप्तान रहेको टोलीमा सुनील थापा, राजेश हमाल, अनमोल केसी, बद्री पङ्गेनी, सत्यराज आचार्य, मणिराम पोखरेल, शिवहरि पौडेल, निर्मल शर्मालगायतका कलाकार सहभागी छन् ।

त्यसैगरी हरिवंशको टोलीमा निर शाह, भुवन केसी, सरोज खनाल, किरण केसी, आर्यन सिक्देल, दयाहाङ राई, निश्चल बस्नेत, गौरभ पहरी, हेमन्त राना, हेमन्त श्रेष्ठ, पल शाह लगायतको कलाकार सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस