३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह

अ+ अ-

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गरी अवरुद्ध संसद् खुलाउन आग्रह गरेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आज संसद् अवरुद्ध गरेपछि नेपाली कांग्रेस र राजपाका नेताहरुले पत्रकारसँग कुरा गर्दै सरकारले जतिसक्दो चाँडो प्रतिवेदन सार्वजनिक गरी संसद् खुलाउनुपर्ने माग गरे ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकार आफैँले बनाएको आयोगले तयार गरेर प्रतिवेदन बुझाइसकेको अवस्थामा त्यसलाई सार्वजनिक गर्नुको सट्टा मधेश आन्दोलनबारे जनतालाई अन्धकारमा राख्ने काम गरेको भन्दै आपत्ति जनाए ।

थरुहट तथा विभिन्न समयमा भएका मधेश आन्दोलनका क्रममा भएका ज्यादतीका विषयमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको संयोजकत्वमा २०७३ असोज २ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग गठन गरेको थियो ।

सो आयोगले २०७४ माघ २९ मा सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसक्दासमेत सरकारले अझैसम्म सो प्रतिवेदनलाई सार्वजनिक नगरेको भन्दै राजपाका सांसदहरुले पटक–पटक संसद् अवरुद्ध गर्दै आएका छन् । आन्दोलनमा मारिने सबैलाई एउटै खालको मापदण्ड हुनुपर्ने नेता महतोको भनाइ छ ।

नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडले भने, ‘प्रतिवेदन सरकारले अविलम्ब सार्वजनिक गरिसक्नुपर्ने थियो, तर सरकारको चाहना संसद्को धेरै सामना गर्न नपरोस् र यस्तै अवरोध आइराखोस् भन्ने छ, नभए सदन खोल्नका लागि पनि र प्रतिवेदन सार्वजनिक गर्नका लागि पनि गम्भीर बन्नुपर्ने थियो ।

‘नेपाल कम्युनिट पार्टी (नेकपा) का नेता देव गुरुङले राजपाले राखेका मागप्रति सरकारले गम्भीरतापूर्वक सोचिरहेको बताए ।

सांसद मीन विश्वकर्माले संविधान निर्माण प्रक्रियादेखि नै असन्तुष्ट व्यक्त गर्दै आएको मधेशी समुदायले उठाएका मागप्रति सरकार गम्भीर हुनुपर्ने माग गरे । राजपा अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले सरकारले प्रतिवेदन सार्वजनिक नगर्दै आफ्ना नेता तथा कार्यकर्तालाई अनावश्यक मुद्दा लगाइएको भन्दै आपत्ति जनाए ।

अवरोधपछि स्थगित भएको अर्को बैठक सोमबार २ बजे बस्ने गरी सूचना टास गरी स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस