२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम बजारको मागअनुसार तालीमको खाँचो : मन्त्री विष्ट

अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक श्रम बजारमा वर्षेनी थपिने नयाँ युवा जनशक्तिलाई श्रम बजारको मागबमोजिम तालीम दिन आवश्यक रहेको बताएका छन् ।

‘नेशनल युथ लिडरसीप समिट २०१९’ लाई आज यहाँ सम्बोधन गर्दै उनले श्रम बजारले माग गरेअनुसारको जनशक्ति तयार गर्न सरकारले सीप र तालीम प्रदान गर्ने संस्थालाई एउटै छाताभित्र ल्याउने तयारी गरेको जानकारी दिए ।

उनले भने, ‘श्रम बजारको माग र आवश्यकता परिपूर्ति गर्न युवालाई सीप र तालीम दिने सन्दर्भमा सरकारले तीन मन्त्रीको सहभागितामा कमिटी गठन गरेको छ । उक्त कमिटीले अबका दिनमा नेपालको श्रम बजारमा आवश्यक हुने जनशक्ति, सीप तथा तालीमको प्रक्षेपण गर्ने छ र सोहीअनुसारको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।’

उनले वर्षेनी आन्तरिक श्रम बजारमा आउने जनशक्ति र कामको तालमेल मिलाउनु चुनौतीपूर्ण रहेको बताए ।

स्वदेशमै उपलब्ध हुने रोजगारीका अवसरप्रति युवालाई आकर्षित गराउन सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक तोकेरै लागू गरेको स्पष्ट पार्दै उनले न्यूनतम पारिश्रमिक पाउने सुनिश्चितका लागि श्रमिकको पारिश्रमिक बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था अवलम्बन गरिएको बताए ।

सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबाट समेत आन्तरिक श्रम बजारमा युवाको आकर्षण देखिने उनको भनाइ थियो ।

वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै फर्काउने गरी योजना निर्माण गर्नुपर्ने खाँचो औँल्याएका छन् । नेपालमा काम गर्ने जनशक्तिको अभावमा उद्योग कलकारखाना बन्द हुने अवस्थामा वैदेशिक रोजगारीमा आकर्षण देखिनु चिन्ताको विषय भएको बताए।

सो अवसरमा प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमालले युवा जनशक्तिलाई प्रशिक्षित बनाएर नीति निर्माणमा युवाको सहभागिता बढाउनु आवश्यक भएको उल्लेख गर्दै आन्तरिक श्रम बजार व्यवस्थापन गर्न सरकार अघि बढेको बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा बेरोजगार युवालाई रोजगारीका अवसर प्रदान गर्ने उद्देश्यले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको बताए ।

सम्मेलनको उद्घाटन सत्रका क्रममा विभिन्न छ वटा युवा उद्यमशीलता अभियानमार्फत रोजगारी सिर्जनाका बखत प्राप्त अनुभवको आदानप्रदान गरिएको थियो ।