२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् चुहावट गर्नेबाट चार करोड असुली

अ+ अ-

पर्सा । नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट रु ४ करोडभन्दा बढी रकम असुल गरेको छ ।

मिटर तथा कनेक्सनमा गडबढी गरी लामो समयदेखि विद्युत् चुहावट गर्दै आएका ठूला ग्राहकहरुलाई कारवाही स्वरुप केन्द्रले सो रकम असुल गरेको हो ।

वीरगञ्ज–पथलैया औद्यागिक करिडोरमा रहेका ४५ ठूला ग्राहकलाई कारवाही गरी चालू आवको पहिलो सात महीनामा रु ४ कारोड १३ लाख ९४ हजार असुल गरेको हो ।

ग्राहकको मिटरलाई जाँच गर्दा मिटर तथा जडानमा गडबढी फेला परेपछि उनीहरुलाई कारवाही गरिएकोे केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए । उनले अनुगमनका क्रममा मिटर तथा जडानमा गडबढी भेटिएका अन्य ३९ ठूला ग्राहकलाई कारवाही गर्न फाइल अनुमतिका लागि विभागमा पठाएको र विभागले फाइल सदर गरेपछि थप रु २ करोडभन्दा बढी रकम असुली हुने बताए ।

विद्युत् चुहावटलाई नियन्त्रण गर्न प्रधिकरणले पर्सामा अभियान चलाएपछि गत वर्षको तुलनामा चालू आवमा पहिलो ७ महिनामा करीब ८ प्रतिशत चुहावट नियन्त्रण भएको छ । गत आर्थिक वर्षमा १० दशमलव ७३ प्रतिशत विद्युत् चुहावट भएको थियो । चालू आवको पहिलो सात महिनामा २ दशमलव ८४ प्रतिशत मात्र विद्युत् चुहावट भएको केन्द्रका प्रमुख ठाकुरले जानकारी दिए ।

उनले गत आवमा राष्ट्रिय प्रसारण लाइनबाट ३६ करोड ११ लाख ७३ हजार ११६ युनिट विद्युत् प्राप्त गरेकामा ३२ करोड २४ लाख आठ हजार २२ युनिट बिक्री भई ३ करोड ८७ लाख ७५ हजार ९४ युनिट चुहावट भएको थियो ।

चालू आवमा मुख्य प्रसारण लाइनबाट २१ करोड ८२ लाख ४१ हजार ८०७ युनिट प्राप्त गरेकामा २१ करोड २० लाख ४७ हजार ४०३ युनिट बिक्री भई ६१ लाख ९४ हजार ४०४ युनिट चुहावट भएको उनले बताए ।

अनुगमनलाई तीव्र बनाएकै कारण चालू आवमा तीन करोड २५ लाख ७० हजार ६९० युनिट विद्युत् चुहावट हुनबाट रोकिएको केन्द्र प्रमुख ठाकुरको भनाइ छ ।

वीगञ्ज वितरण केन्द्रबाट विद्युत् लिएका ४४ हजार ९५४ जना ग्राहकबाट चालू आर्थिक वर्षको पहिलो सात महीनामा दुई अर्ब रु २ करोड विद्युत् महसुस सङ्कलन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा रु एक अर्ब ८० करोड महसुल सङ्कलन गरेको केन्द्रले जनाएको छ ।