काठमाडौं । आइतबार इथियोपियाको विमान दुर्घटनामा एक नेपालीको मृत्युभएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम अन्तर्गत कार्यरत गोरखाकी एकता अधिकारीको सो घटनामा मृतयु भएको एनआरएन स्रोतले जनाएको छ ।
उनी इथियोपियाको आदिस अबाबस्थित विश्व खाद्य कार्यक्रमको कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत रहेको बताइएको छ । उनी दुई वर्ष अघि विश्व खाद्य कार्यक्रम सम्बद्ध काठमाडौं कार्यालयमा कार्यरत थिइन् । २०७२ मा नेपालमा आएको भूकम्प पछिको विपतको अवस्थामा उनी विश्व खाद्या कार्यक्रमको आपतकालिन राहत कार्यक्रममा संलग्न रहेको बताइएको छ ।
इथियोपियाको राजधानी अदिसअबाबबाट केन्याको नैरोबीमा आयोजित कार्यक्रममा सहभागी हुन एकता त्यहाँ जाँदा सो दुर्घटनामा परको पुष्टी भएको छ ।
सो दुर्घटनामा ३५ देशका नागरिकको ज्यान गएको छ । राष्ट्रसंघका प्रतिनिधिको पनि मृत्यु भएको जनाइएको छ । विमानमा १ सय ४९ जना रहेको र सबैको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये ८ जना चालकदलका सदस्य रहेका छन् ।
दुर्घटनामा बढी ३२ जना केन्याली नागरिकको मृतयु भएको छ । १८ जना क्यानडेली तथा ९ जना इथियोपियन नागरिकको मृतयु भएको पुष्टि भएको छ । तयहाँको स्थानीय समय अनुसार ८ बजेर ३८ मिनेटमा उडेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७ विमान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको पुष्टि भएको छ ।
मृत्यु हुनेको विवरण