२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पदाको संरक्षणबाट मानव हितमा धेरै काम गर्न सकिन्छ : राष्ट्रपति भण्डारी

अ+ अ-

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवर्द्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताएकी छन् ।

हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको आज यहाँ उद्घाटन गर्दै सम्पदाको संरक्षणले देशको दिगो विकासका साथै भावी पुस्ताको भविष्य निर्माण र पुण्य आर्जन पनि हुने बताइन्।

धर्मको महत्वपूर्ण पक्ष सेवा भएको चर्चा गर्दै उनले सेवाभावबाट अभिप्रेरित हुँदै बिन्ध्यवासिनी क्षेत्र विकास समितिको सक्रियतामा मन्दिर दर्शनका लागि इच्छुक तर भौतिक एवम् शारीरिक रुपमा मन्दिरमा पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी लिफ्ट निर्माण गरेकोप्रति धन्यवाद व्यक्त गरिन्।

सुन्दर प्रकृति र विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखराको बिन्ध्यवासिनी मन्दिर ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको पवित्र अनुपमस्थल भएको राष्ट्रपति भण्डारीले बताइन् ।

स्वतःस्फूर्त जागरण, श्रद्धा एवम् आस्थाको भावनाले हाम्रो इतिहास एवम् सांस्कृतिक धरोहरको संरक्षण जनस्तरबाट हुँदै आएको उल्लेख गर्दै उनले बिन्ध्यवासिनीमा धार्मिक क्षेत्र विकास समिति गठनपश्चात् समितिका माध्यमबाट गरिएका संरक्षण र विकासका कामको प्रशंसा गरिन्।

सो अवसरमा राष्ट्रपति भण्डारीले लिफ्ट निर्माणमा सहयोग गर्ने हुण्डाई मोटर कम्पनी दक्षिण कोरियाका प्रतिनिधि उपप्रमुख जोनसोन र लक्ष्मी ग्रुप नेपालका निर्देशक सुनील श्रेष्ठलाई सम्मान गरे ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले धर्मबाट अनुशासन हुने र अनुशासन विधि भएको चर्चा गर्दै विधिबाट शासन हुनुपर्नेमा जोड दिए । उनले ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिनु महत्वपूर्ण कार्य भएको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रकृति र संस्कृतिले सम्पन्न भएको चर्चा गर्दै त्रिवेणीदेखि देवघाट हुँदै मुक्तिनाथसम्मका धार्मिक सांस्कृतिक एवम् पर्यटकीयस्थललाई समृद्धिसँग जोड्नुपर्ने बताए । प्रदेशमा धार्मिक, सांस्कृतिक भावनाका साथै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै प्रदेशको समृद्धिसँग जोड्नु आवश्यक रहेको उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विश्वका १० महत्वपूर्ण प्राकृतिक शहरमध्येको पोखरालाई पर्यटकीय महानगरपालिका बनाउन माग गरिएको बताउँदै राष्ट्रपतिमार्फत संघ सरकारको ध्यानाकर्षण गराए । मन्दिरको व्यवस्थापनका साथै स्रोत पहिचान र परिचालनमा बिन्ध्यवासिनी क्षेत्र विकास समितिले चालेको कदमको उनले प्रशंसा गरे ।

बिन्ध्यवासिनी क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले २४० वर्षको इतिहास बोकेको बिन्ध्यवासिनी मन्दिर यस क्षेत्रको अत्यन्त श्रद्धा एवम् विश्वासयुक्त धार्मिकस्थल भएको बताए ।

कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले निर्माण गरेको यस मन्दिरको संरक्षण र विकासका लागि २०४६ सालमा समिति गठन भई समितिमार्फत काम भइरहेको उनले जानकारी गराए ।

मन्दिरलाई पूर्वाधारयुक्त बनाउने गरी काम अघि बढिरहेको बताउँदै उनले परिसरमा विभिन्न भौतिक निर्माणका साथै बिन्ध्यवासिनी एम्बुलेन्स सेवा, गुरुकुल, ज्येष्ठ नागरिक मिलन केन्द्र आदि सञ्चालनमा आइरहेको जानकारी दिए ।