२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउनुपर्ने माग

अ+ अ-

चितवन । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोर क्षेत्रमा युद्ध सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवन वा रोल्पामा युद्ध सङ्ग्रहालय बनाउने जनाएलगत्तै यहाँको स्थानीय तहले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिएको हो ।

तेस्रो डिभिजन रहेको ठाउँ हाल कालिका नगरपालिकामा पर्दछ । सो नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले अध्यक्ष दाहालले दुई जिल्लामध्ये जहाँ जग्गा उपलब्ध हुन्छ, सोही ठाउँमा सङ्ग्रहालय बनाउने जनाएको भन्दै शक्तिखोरमा जग्गा उपलब्ध गराउन सकिने बताए । जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रियाका क्रममा शक्तिखोरको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले युद्ध सङ्ग्रहालय बनाउन उपयुक्त हुने बताए ।

सो क्षेत्रका प्रदेशसभा सदस्य घनश्याम दाहालले युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउन उपयुक्त हुने बताए । स्वदेशी र विदेशी पर्यटकका लागि सङ्ग्रहालय महत्वपूर्ण हुने भन्दै उनले चितवन मध्यभागमा रहेकाले पनि सङ्ग्रहालय बनाउँदा सबैले सहज रुपमा अवलोकन गर्नसक्ने बताए ।

मुख्य रुपमा सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हातहतियार, बन्दोबस्तीका सामान, आक्रमणका रणनीतिक दस्तावेजलगायत सङ्कलन गरेर सङ्ग्रहालय बनाउन लागिएको हो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले चितवन देशकै मध्यभागमा रहेको र विदेशी पर्यटकसमेतको आवतजावत बढी हुने भएकाले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्ने विचार राखे । जिल्लाको पर्यटकीय क्षेत्र सौराहा नजिकै शक्तिखोर रहेकाले पनि युद्ध सङ्ग्रहालय शक्तिखोरमा उपयुक्त हुने उनले बताए ।

गाँजाखेती गराउँदै भारतीय तस्कर

जिल्लाको पहाडी क्षेत्रमा रहेका वासिन्दालाई भारतीय तस्करले गाँजाखेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिकाको वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीयले स्थानीयलाई गाँजाखेती गर्न लगाउने गरेको पाइएको हो ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार भारतीयले गाँजा रोप्न, काटेर सुकाउन र बोकेर उनीहरुसम्म पु¥याउन छुट्टाछुट्टै व्यक्तिलाई पैसा दिने गरेका छन् । उहाँका अनुसार निरुत्साहित गर्न प्रयास गरेको भए पनि सकिएको छैन । स्थानीयवासीलाई उद्धृत गर्दै बरालले भने “गाउँगाउँमा कहिलेकाहीँ तस्कर–तस्करबीचमा गोली हानाहान हुने गरेको सुनेको छु ।” भारतीय तस्करले क्षेत्र विभाजन गरेर स्थानीयवासीलाई परिचालन गर्ने गरेको बरालले बताए ।

स्थानीयवासीले थोरै पैसा लिएर काम गर्ने बुझिएको छ । यद्यपि ठूलो क्षेत्रफलमा गाँजा लगाउने गरिएकाले लाखौँको कारोवार हुने गरेको स्थानीयवासी बताउँछन् । सो क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता छ । शहरी क्षेत्रबाट टाढा भएकाले प्रहरी प्रशासनको ध्यान पुग्न नसक्ने भएकाले भारतीय तस्करले स्थानीयवासी परिचालन गर्न सफल भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले समय–समयमा प्रहरी पठाएर गाँजा नष्ट गर्ने गरेको बताए । हालैमात्र प्रहरीले लोथरमा करीब १८ क्विन्टल गाँजा नष्ट गरेको उनले बताए । राठौरले चितवन, मकवानपुर र धादिङका पहाडी क्षेत्रमा भारतीय तस्करले स्थानीयवासी परिचालन गरी गाँजाखेती गर्दै आएको बुझिन आएको बताए ।

सोझासाझा चेपाङलाई परिचालन गर्ने गरेको राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्य चेपाङले बताए । सम्बन्धित बारी धनी चेपाङलाई गाँजा लगाउने, गोडमेल गर्ने र थन्क्याउनेसम्मको एकमुष्ट वा छुट्टाछुट्टै जिम्मा दिएर रकम दिने गरेको उनले बताए ।