काठमाडौँ । सरकारले कृषि सेवाका ३१८ प्राविधिक सहायकको समायोजन सूची सार्वजनिक गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन १९ गतेको निर्णयानुशार संघ, प्रदेश र स्थानीय तह रोजेका नेपाल कृषि सेवातर्फका तीन सय १८ जना एग्री एक्स्टेन्सनको समायोजन सूची सार्वजनिक गरेको हो ।