धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ : नेता थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ : नेता थापा


१५ फाल्गुन २०७५, बुधबार


बनेपा । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले धर्म परवर्तन गर्ने अभ्यास रोकिनुपर्ने बताएका छन् । उनले धार्मिक स्वतन्त्रता भए पनि धर्म परिवर्तन गर्ने कार्य रोकिनु पर्ने बताएका हुन् ।

काभ्रेको बेथानचोक गाउापालिका– ४ छत्रैपाटीखर्कस्थित तिलेश्र मन्दिर स्ररक्षण समितिद्धारा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्त सत्संग महायज्ञ २०७५’ को दोस्रो दिन सहभागी भएका नेता थापाले धर्म मान्ने कुरा निजी भएपनि नेपालभित्र धर्म परिवर्तनको अभ्यास गर्ने कुरालाई राज्यले रोक्नुपर्ने बताए । उनले हिन्दू, बौद्ध, किराँत धर्म नेपाल राज्यको पहिचान र परिचय भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस