२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यथार्थ घटनामा आधारित नाटक : ‘तिनीहरु कहाँ गए होलान् ?’

अ+ अ-

काठमाडौं । रङ्गमञ्चमा तीन धामी देखापर्छन् । तीमध्ये एक धामी ढ्याङ्ग्रो बजाइरहेको देखिन्छ, एक जना चरेसको थालमा चामल फुक्दै काम्दै गरेको देखिन्छ भने एक जना काम्दै मात्र गरेको देखिन्छ ।

तीनै पात्र केहीबेरमै अदृश्य हुन्छन् । त्यसपछि उक्त रङ्गमञ्चमा एक चिकित्सक र परिचारिका देखापर्छन् । उनीहरु एउटा गाउँको स्वास्थ्य शिविरमा बिरामीको उपचार गरिरहेका देखिन्छन् । चिकित्सकले परिचारिकालाई बिरामी बोलाउन भन्छन् । शिविरमा एक वृद्ध पेट बिग्रिएको भन्दै देखाउन आइपुग्छन् । अघिल्लो दिनमा गाउँको एउटा विवाहका अवसरमा धेरै मासुभात खाएकाले पखाला लागेको भनी उनी चिकित्सकलाई बताउँछन् ।

त्यस्तै एक वृद्धा आफूलाई खाना नरुचेको भन्दै जँचाउन आइपुग्छिन् । चिकित्सकले दुवै जनालाई शिविरको बाहिरबाट औषधि लिन सुझाउँछन् । दुईमध्ये बूढीआमा त्यति ठूलो शिविर लागेर पनि आफूलाई एकथरि मात्र औषधि दिएको भन्दै उल्टै चिकित्सकलाई हप्काएर जान्छिन् ।

बिरामीलाई जाँचिसकेपछि परिचारिका चिकित्सकलाई कथा सुनाउन आग्रह गर्छिन् । चिकित्सक कथा भन्न शुरु गर्छन् । विस्तृत घटना अन्त कतैको नभई थापागाउँस्थित कुञ्ज थिएटरमा मञ्चन गरिएको नाटक ‘तिनीहरु कहाँ गए होलान्’ मा भेटिन्छ ।

प्रस्तुत नाटकमा ‘फुस्रे’ नामक पात्रलाई प्रमुख पात्रका रुपमा उभ्याएर विगतमा गाउँमा बसोबास गर्ने सोझासाझा गाउँले धामीझाँक्रीमा कस्तो खाले अन्धविश्वास गर्थे भन्ने कुरालाई चित्रण गर्न खोजेको छ ।

कथाको शुरुआतमा फुस्रे आफ्नी आमा बेहोश भएको भन्दै स्वास्थ्यचौकी पुग्छ । स्वास्थ्यचौकी पुग्दा चिकित्सक आफ्नै धुनमा विवाहका लागि पण्डितले दिएका केटीको तस्बीर हेर्नमै मस्त देखिन्छन् । धेरै पटक फुस्रेको आग्रहलाई चिकित्सकले नकार्छन् । फुस्रेको अनुनय विनयपछि अन्ततः उनी हिँडेअनुसारको पारिश्रमिक दिलाउने पाउने शर्तमा जान तयार हुन्छन् । घरमा पुग्दा फुस्रेकी आमा बेहोश स्थितिमा ओछ्यानमा हुुन्छिन् भने बुबा चिकित्सकको प्रतीक्षामा हुन्छन् ।

चिकित्सकले जाँचेपछि कमजोरीका कारण उनी बेहोश भएको बताउँछन् र बजारबाट केही औषधि र स्लाइन ल्याउन लगाउँछन् । फुस्रेका बुबाले अँध्यारोमा जङ्गलको बाटो फर्कन मुश्किल हुने भन्दै उज्यालोमै औषधि लिएर फर्कन आग्रह गर्छन् ।

फुस्रे अँध्यारोमा एक्लै जङ्गलको बाटो औषधि लिएर फर्किरहेको हुन्छ । जङ्गलमा बाघले मान्छेको गन्ध पाइसकेपछि यता उति खोज्छ तर भाग्यवश बाघको आक्रमणबाट फुस्रे जोगिन्छ । गाउँकै एक जना ठूलोबुबा नाता पर्ने त्यही बाटो भएर आउँछन् र फुस्रेलाई सँगै घर लिएर जान्छन् ।

उता फुस्रेका बुबाले गाउँलेको आग्रहमा तीन गाउँका धामी पनि बोलाएका हुन्छन् । धामीबीच फुस्रेको परिवारबाट एकअर्काले के लिने भन्ने सहमतिपछि उनीहरु आफ्नो काम शुरु गर्छन् । धामी बक्ने क्रममा एकले फुस्रेकी आमालाई बोक्सी लागेको र केही भेटी आफूलाई दिन भन्छन्, अर्काले भूत लागेकाले कालो बोका दिन भन्छन् भने एकले पिशाचले छोएकाले आफूलाई रातो भाले दिन भन्छन् । फुस्रेका बुबाले उनीहरुको मागअनुसार नै नगद, बोका र रातो भाले उपलब्ध गराउँछन् तर फुस्रेकी आमाको होश खुल्दैन ।

अन्ततः फेरि उही चिकित्सक आएपछि फुस्रेकी आमाको होश खुल्छ । नाटकमा गाउँका महिलाहरु आफ्ना श्रीमान्बाट कसरी पीडित भइरहेका छन्, गाउँमा विगतमा केटाकेटी कसरी रमाइलो गर्थे भन्ने कुरालाई समेत देखाउन खोजिएको छ । केही रमाइला घटनासमेत नाटकमा जोडिएको देखिन्छ ।

कथाका लेखक विजयराज आचार्य कथा आफ्नै गाउँको घटनालाई चित्रण गरेर लेखिएको बताउछन् । उनले भन्छन्, ‘बाल्यावस्थाको मुख्य पात्र म नै हुँ ।’ आफ्नै कथा साथीहरुलाई सुनाएपछि उनीहरुले घटनालाई नाटकका रुपमा लेख्न सुझाएको उनी बताउछन् । उनले थपे, “अहिलेको नयाँ पुस्ता पहिलेका धामीझाँक्रीका बारेमा थाहा नपाएका छन्, त्यसैले त्यो अवस्थालाई देखाउन पनि नाटक लेख्नैपर्छ भन्ने सोचेँ ।’

नाटकको निर्देशन भने पुष्पराज अवस्थीले गरेका थिए । नाटकका लागि लगानी भने शुभकामना एकेडेमी काठमाडौँले गरेको हो । एकेडेमीका प्रधानाध्यापकसमेत रहेका आचार्यले नाटकका लागि रु दुई लाख लगानी लागेको बताउछन् । नाटकमा एकेडेमीका कक्षा ४ देखि ८ सम्मका विद्यार्थीले कलाकारको भूमिका निर्वाह गरेका थिए ।

नाटकमा मोनिका रोक्का, सुवर्णविक्रम नगरकोटी, आँचल आचार्य, दिलिस केसी, बिगिन बञ्जाडे, प्रणय सुवेदी, सनिप कार्की, विवेचना आचार्य, सिद्धान्त शर्मा, सिद्धार्थ भुसाल, उमङ्ग नेपाल, ऋतुल नेपाल, गीता मल्ल, सञ्जु महर्जन, मदन बस्नेत, सुशील विक, श्याम कुँवर, प्रकृति थापा, प्रज्ञान बुढाथोकी र संयोग थापाले पात्रको भूमिका निर्वाह गरेका थिए ।

आइतबारदेखि मञ्चन भएको नाटक आज सम्पन्न भएको छ । तीन दिनसम्म मञ्चन भएको नाटक काठमाडौँ, भक्तपुर र ललितपुरका १५ विद्यालयका लगभग १ हजार विद्यार्थीले अवलोकन गरेका थिए । ती विद्यालयबाट रु १ लाख टिकटमार्फत उठाइएको आयोजक विद्यालयले जनाएको छ ।