२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध गाँजासहित दुई पक्राउ

अ+ अ-

सर्लाही । लागुऔषध गाँजासहित प्रहरीले गए राति दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका–११ का २१ वर्षीय ट्र्याक्टर चालक डम्मरबहादुर मोक्तान र सोही ठाउँमा बस्ने ट्र्याक्टर धनी २९ वर्षीय मङ्गलसिंह मोक्तान रहेका छन् । सिन्धुलीबाट गाँजा लिएर सर्लाहीतर्फ आउँदै गरेको अवस्थामा दुबैलाई वाग्मती नगरपालिका–११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ज ३ त ७३८७ नम्बरको ट्र्याक्टरको ट्रेलरको मुनि लुकाएर ३१ किलो गाँजा सर्लाहीतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुबैलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

प्राप्त सूचनाका आधारमा जाँच गर्दा उनीहरुलाई पक्राउ गरेको नायब उपरीक्षक खड्काले बताए। पक्राउ गरिएका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको पनि प्रहरीले जनाएको छ ।

सिन्धुलीबाट आउने गाँजा सर्लाहीको बाटो हुँदै भारतको विहार राज्यमा पुर्‍याउँदै आएको प्रहरीको अनुमान छ । यसभन्दा अघि तस्करले सर्लाहीका पूर्वी क्षेत्रबाट गाँजा तस्करी गर्दै आएको थियो । तर, पूर्वी क्षेत्रबाट प्रहरीले धमाधम गाँजा पक्राउ पर्न थालेपछि तस्कर जिल्लाका पश्चिमी क्षेत्रको बाटो प्रयोग गरेको प्रहरीले जनाएको छ ।