काठमाडौँ । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि शक्तिशाली बम विस्फोट हुँदा तीन जना घाइते भएका छन्।
घाइते हुनेहरूमा सिंह प्रताप गुरुङ, प्रतीक्षा खड्का र अनु षा डङ्गोल रहेका छन् । घाइते मध्ये गुरुङको बिएण्डबिमा उपचार भइरहेको छ र खड्काको अल्का अस्पताल जावलाखेलमा उपचार भइरहेको छ ।
शुक्रवार साँझ ७ बजेर ५५ मिनेटमा नख्खुस्थित एनसेलको मुख्यालय गेटको भएको विस्फोटको आवाजले वरिपरिका घरका सिसा फुटेका छन्।
हाल घटना स्थलमा नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू खटिएको जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ ।