२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादित बनिरहेको गीत ‘लुट्न सके लुट कान्छा’ फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

अ+ अ-

काठमाडौं ।  राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट कान्छा लुटलाई फेरि जस्ताको तस्तै पुन: यूट्यूबमा अपलोड गर्न गायक पशुपति शर्मालाई आग्रह गरेको छ।

तमा प्रयोग भएका र विवादित भनिएका शब्दहरु सार्वजनिक सञ्चार माध्याममा बारम्बार आइरहेकै भएकाले हटाउन जरुरी नभएको प्रतिष्ठानले ठहर गरेको छ।

त्यस्ता शब्द र आशय समाचार र लेखहरुमा आउन हुने र गीत संगीतमा आउन नहुने भन्ने मापदण्ड मान्य हुन नसक्ने बताउँदै जस्ताको तस्तै पुन: अपलोड गर्न अनुरोध गरिएको छ।

भनिएको छ, सार्वजनिक चासोको विषयलाई नै लोकले गीतको रुपमा स्विकार गरिने हो ।

तसर्थ पनि द्वारा गीत संगीत लोकले जस्ताको तस्तै सुन्न पाउनु दर्शक स्रोताको अधिकार पनि हो ।

‘कलाकार शर्मालाई उक्त गीत जस्ताको तस्तै पुन:अपलोड गर्न अनुरोध छ।’

गीत, संगीत, अभिनय लगायतका अभिव्यक्तिका माध्यामबाट जनताले सरकारको सार्वजनिक पद धारकको आलोचना गर्न पाउनु पर्ने प्रतिष्ठानले जनाएको छ।

उक्त अभिव्यक्ती स्वतन्त्रता अन्तर्गतको अधिकार रहैको धारणा सार्वजनिक गर्दै वाक स्वतन्त्रताको हनन् सह्य नहुने जनाएको छ। शर्मा उक्त संस्थाका उपाध्यक्ष पनि हुन्।

हेर्नुस् यस्तो छ प्रतिष्ठानले जारी गरेको विज्ञप्ति

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्युहरुमा सादर नमस्कार !

हिजो सार्वजनिक भएको मेरो ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा यहाँहरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनितीलाई त्यति गहिराईबाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतिलाई व्ययंग गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनैतिक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ति शब्दहरुलाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझिएको छु।

सुझाव दिनु हुने राजनैतिक व्यक्तित्वहरु, मेरा अग्रज एवं समकालिन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ठयारो पारेको खण्डमा म अन्तर हृदय देखि माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगति माथी प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनस् प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुनस् लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता विरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।

धन्यवाद।
पशुपती शर्मा

प्रतिक्रिया दिनुहोस