२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न चाहँदैन : मन्त्री महासेठ

अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नचाएको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ‘वार्षिक साधारणसभा’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकार व्यवसायीलाई दुःख दिएर अगाडि बढ्न नचाएको बताएका हुन् । ‘यातायात क्षेत्रमा भएको लगानी नडुबोस् भन्ने चाहना सरकारको रहेको छ’, उनले भने ।

मन्त्री महासेठले यातायात महासंघसँग सहकार्य गरेर सरकार अगाडि बढ्न चाहेको बताउँदै यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायी लाग्नुपर्ने बताए ।

उनले यातायात क्षेत्रका विज्ञ व्यक्तिले दिएका सुझावका आधारमा यातायात निर्देशिका संशोधन गर्दै अगाडि बढ्ने स्पष्ट पारे । मन्त्री महासेठले बढ्दो सवारी साधनलाई ध्यानमा राखेर सरकारले छ हजारदेखि आठ हजार किलोमिटरसम्म नयाँ सडक कालोपत्र गर्न लागेको बताए ।

यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठन गर्न सरकार लागेको उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री मुकुन्द न्यौपानेले यातायात क्षेत्रभित्रको समस्याका लागि व्यवसायी आफै जागरुक हुनुपर्ने बताए । नेपाली काङ्ग्रेस नेत्री एवं पूर्वमन्त्री सीता गुरुङले मुलुक निर्माण र सामाजिक सेवाका लागि यातायात व्यवसायीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै यातायात क्षेत्रलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न नसक्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले यातायात व्यवसायीसँग छलफल नगरी निर्देशिका जारी गरेको भन्दै यसलाई सच्याउन सरकारसँग आग्रह गरे ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष अजयकुमार राई, अखिल नेपाल यातायात मजदूर संघका अध्यक्ष सोम तामाङ, नेपाल यातायात मजदूर संघका अध्यक्ष धर्मराज भण्डारीलगायतले मुलुकको समग्र यातायात सुधारका लागि सरकारले व्यवसायी र मजदूरलाई साथमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

महासंघका महासचिव सरोज सिटौलाले साधारणसभाले मुलुकको समग्र यातायात क्षेत्रमा देखिएको समस्या समाधान गरी यातायात क्षेत्रको विकासका लागि सरकारलाई सुझाव दिने बताए ।

प्रतिक्रिया दिनुहोस