४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजन प्रक्रियालाई तीव्रता दिन मन्त्री पण्डितको कडा निर्देशन

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजन प्रक्रियालाई तीव्रता दिन निर्देशन दिएका छन् ।

मङ्गलवार कर्मचारी समायोजन तथा सङ्गठन विकास महाशाखाका कर्मचारीसँग मन्त्रालयमा आयोजित मिटिङमा मन्त्री पण्डितले समायोजन प्रक्रियालाई गति दिन निर्देशन दिएका हुन् ।

‘समायोजन प्रक्रियाबारे चिन्तित रहनु भएका मन्त्रीज्यूले शाखाका सबै कर्मचारीलाई बोलाएर छिटो गर्न निर्देशन दिनुभएको छ,’ विश्वस्त स्रोतले प्रशासनलाई भन्यो, ‘कुनै आलटाल, कसैको भनसुन वा प्रेसर होइन, जुन पहिलेको स्प्रीट थियो त्यही अनुसार काम अगाडी बढाउनुस् भन्ने कडा निर्देशन दिनुभयो ।’

समायोजनबाट पछाडि फर्किने कुरा नभएकोले कसैको भनसुन वा कुनै सेवा/समूहको दबाब तथा आग्रह पूर्वाग्रह नसुनी जे हो त्यसलाई रफ्तारमा अघि बढाउन मन्त्री पण्डितले निर्देशन दिएको उनले बताए ।

सुरुवाती दिनमा गति लिएको समायोजन प्रक्रिया केही दिन यता सुस्ताएको जस्तो आभास भएपछि मन्त्री पण्डितले यस्तो निर्देशन दिएका हुन् ।

एक उच्च स्रोतका अनुसार विभिन्न सेवा/समूहका कर्मचारीहरु दरबन्दी संघ मै राख्न चलखेलमा लागेकोले  समग्र प्रक्रिया नै रोकिन पुगेको छ । जसको पछिल्लो उदाहरण हो गत आईतबार दिने भनिएको उपसचिवको समायोजन पत्र अझै अन्योलमा रहनु ।

सम्बन्धित समाचार : सामान्यलाई समायोजन सकस : राजश्वका १४ उपसचिव बने टाउको दुखाई !

स्वीकृत ओएण्डएम अनुसार नै समायोजन प्रक्रिया टंगोमा पु¥याउनु पर्ने मन्त्री पण्डितको अडानसँगै विभिन्न क्षेत्रबाट आइरहेको दबाबहरू घाममा सुकेको मन्त्रालय स्रोत बताउँछ ।

एक अधिकारी भन्छन्, ‘अझै पनि परिवर्तन गर्न सकिन्छ भनेर नै ढिला ढिला भइरहेको छ,’ उनले भने, ‘सफ्टवेयरले समेत भनेजस्तो काम नगरिरहेकोले यसमा समेत इम्प्रुभ गर्नुपर्ने अवस्था आएको छ ।’

अनेकन् शङ्का र आशङ्काका बिच कर्मचारी समायोजन प्रक्रिया अघि बढी रहेको सन्दर्भमा एकात्मक शासनबाट संघात्मक शासनमा ढाल्न त्यति सजिलो भने पक्कै छैन । तर पनि, भाग्य र भविष्य सुम्पेका कर्मचारीलाई समायोजन गरिँदा निष्पक्षतामा भने कुनै कसर बाँकी राखिनु हुन्न ।

र यो पनि,

उपसचिवलाई सरकारको सुविधा : आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्ने !

उपसचिवले आज समायोजन पत्र पाउने

दिनभरि कुर्दा पनि उपसचिवले प्रिन्ट गर्न पाएनन् समायोजन पत्र !

किन रोकियो उपसचिवको समायोजन पत्र ? यस्तो छ कारण

प्रतिक्रिया दिनुहोस