उपसचिवले आज समायोजन पत्र पाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपसचिवले आज समायोजन पत्र पाउने


प्रशासन विशेष ब्युरो

२० माघ २०७५, आइतबार


समायोजन पत्र

काठमााडौँ । सरकारले उपसचिवहरुलाई आजदेखि समायोजन पत्र दिने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता सुरेश अधिकारीकाअनुशार सबै सेवा समूहका उपसचिवहरुले आज(आईतबार) अनलाईनबाट आफ्नो समायोजन पत्र आफै प्रिन्ट गर्न सक्नेछन् ।

दुई हजारको हाराहारीमा रहेका उपसचिवहरुमध्ये अधिकाँसले आजै पत्र प्रिन्ट गर्न सक्ने प्रवक्त्ता अधिकारीको अनुमान छ ।

सम्बन्धित समाचार : उपसचिवलाई सरकारको सुविधा : आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्ने !

पत्रमा संघ, प्रदेश र स्थानीय तह उल्लेख हुने छ । संघमा समायोजन भएका उपसचिवलाई सामान्य प्रशासन मन्त्रालयले संघअन्तर्गतका विभिन्न निकायहरुमा खटाउने छ भने प्रदेशमा समायोजन भएकाहरुलाई सम्बन्धित प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर गराई अन्तर्गतका कार्यालयहरुमा र स्थानीयको हकमा पनि सोही अनुशार हुने छ ।

यसरी समायोजन पत्र बुझेका कर्मचारीहरुले बाटोको म्यादवाहेक २१ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर भईसक्नु पर्ने छ । सो अवधि भित्र हाजिर नहुने कर्मचारीलाई स्पष्टिकरणको मौका दिई बर्खास्त गर्न सक्ने प्रावधान कर्मचारी समायोजन ऐनमा रहेको छ ।

विशिष्ट श्रेणी(सचिवबाट) समायोजन पत्र बाड्न शुरु गरेको सरकारले सहसचिवको समायोजन प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ । जसअनुशार ५६ जना सचिवहरुले मुख्यसचिवबाट समायोजन पत्र बुझिसकेका छन् भने प्रशासन सेवावाहेकका १ सय २ जना सहसचिव प्रदेश मन्त्रालयमा खटाईदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस