२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयो नूनको बिक्री मूल्यमा एकरुपता भएन

अ+ अ-

वीरगञ्ज । सरकारी स्वामित्वमा रहेको साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने आयोडिनयुक्त नूनको बिक्रीमा एकरुपता नआउँदा उपभोक्ता ठगिँदै आएका छन् ।

उक्त लिमिटेडको अञ्चल कार्यालयले आफ्ना आठ वटा डिलरमार्फत सो आयोडिन नून पर्सा जिल्लामा बिक्री गर्दै आएको छ । सो कार्यालयले डिलरलाई उपभोक्ता मूल्य प्रतिकिलो २० सम्ममा बिक्री गर्न निर्देशन दिए पनि डिलर तथा विक्रेताले रु २२ देखि २५ सम्ममा बेच्ने गरेकाले उपभोक्ता ठगिँदै आएका हुन् ।

डिलरले ढुवानी खर्चका नाममा सरकारले तोकेको बिक्री मूल्यभन्दा प्रतिकिलो पाँचसम्म बढी मुनाफा लिएर बेच्ने गरेकाले सर्वसाधारण ठगिँदै आएको वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवाका उपभोक्ता शेषमन पण्डितको भनाइ थियो ।

नेपालमा आयोडिनयुक्त नूनको भाउ नबढेको करीब चार वर्ष भएको छ तर पनि डिलरले बढी मूल्य लिएर बेच्ने गरेको आफूलाई थाहा नभएको उल्लेख गर्दै अञ्चल प्रबन्धक अमोज लामिछानेले राससलाई भने, “भाडा दर तथा ढुवानी खर्चिलो भएकाले डिलरले बढी मूल्यमा नून बेच्ने गरेका हुन् ।”

नेपाल–भारतबीच रहेको खुला सीमाका कारण भारतबाट आउने सस्तो मूल्यको नून प्रयोग पर्साको दुर्गम तथा सीमावर्ती गाउँमा बढी प्रयोग हुने गरेको छ । जिल्लाको दुर्गम गाउँसम्म आयोडिन नून पुग्न नसक्दा भारतीय नून खान सीमावर्ती गाउँका बासिन्दा बाध्य भएको छिपहरमाई गाउँपालिकाको भिस्वाका जमालुदिन मियाँले बताए ।

उक्त कार्यालयले आयोडिनयुक्त नूनको कमीबाट हुने विभिन्न रोग तथा विकृति सम्बन्धमा प्रत्येक वर्ष जनचेतनामूलक कार्र्यक्रम गरे पनि डिलरले सुदूरग्रामीण तथा दुर्गम गाउँसम्म आयोडिन नून पुर्‍याउन नसकेकाले बाध्य भएर सीमा क्षेत्रका बासिन्दा भारतीय नून प्रयोग गर्न बाध्य भएको उपभोक्ता दिनेशप्रसाद कानुको भनाइ थियो ।

उक्त कार्यालयले जिल्लामा आर्थिक वर्ष २०७३/०७४ मा एक लाख तीन हजार ६३४ बोरा तथा आर्थिक वर्ष २०७४/०७५ मा एक लाख ४३ हजार बोरा आयो नून बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस