काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बसेको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुन्डुस्थित निवासमा मंगलबार साँझ जारी छ ।
भक्तपुरस्थित गुन्डुमा केही बेरअघि सुरु भएको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउ लगायत अन्य समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।







