२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठेपछि उनले उक्त विषयप्रति आफ्नो ध्यान गएको बताएका छन्।

बैठकका क्रममा नेपाली काँग्रेसका सांसद चन्द्रमोहन यादवले सीमा विवादसँग सम्बन्धित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्तिका विषयमा सभामुखले आवश्यक निर्देशन नदिएको भन्दै प्रश्न उठाएका थिए। उनले सभामुखको विगतको राजनीतिक आबद्धतासँग जोडेर धारणा राखेपछि त्यस विषयमा आपत्ति जनाइएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले प्रतिनिधि सभा नियमावलीमा सभामुखको आचरणबारे निश्चित व्यवस्था रहेको उल्लेख गर्दै बैठकमा नियमापत्ति गरेका थिए। उनले सभामुखको आलोचना गर्न मिल्ने अवस्था र प्रक्रियाबारे नियमावलीले स्पष्ट गरेको स्मरण गराएका थिए।

त्यसपछि सभामुख अर्यालले सांसद यादवले प्रयोग गरेका शब्दप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै प्रतिनिधिसभा नियमावलीको सम्बन्धित व्यवस्थातर्फ ध्यान दिन आग्रह गरे।

प्रतिनिधिसभा नियमावलीले बैठकमा सहभागी सदस्यहरूले मर्यादित भाषा प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। नियमावलीअनुसार सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्तावमाथिको छलफल बाहेक अन्य अवस्थामा सभामुखको आचरणको आलोचना गर्न नहुने उल्लेख छ।

त्यस्तै, बैठकमा अशिष्ट, अपमानजनक वा आपत्तिजनक शब्द प्रयोग गर्न नहुने तथा कुनै व्यक्ति वा समुदायको सम्मानमा असर पर्ने किसिमका अभिव्यक्ति दिन रोक लगाइएको छ। संसद्को कार्यप्रणालीलाई मर्यादित र व्यवस्थित बनाउन यस्ता आचारसम्बन्धी प्रावधान राखिएका छन्।

0 Comments