२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीकापुरमा उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन भोलिदेखि, कानुन निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने

अ+ अ-

काठमाडौँ । संघीय संसद् र सातै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अभ्यास आदान–प्रदानलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि सुरु हुने भएको छ।

दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनका लागि संघीय तथा प्रदेश तहका शीर्ष पदाधिकारीहरू धनगढी पुगेका छन्। प्रतिनिधि सभाका सभामुख डीपी अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाकी उपसभामुख रूवीकुमारी, राष्ट्रिय सभाकी उपाध्यक्ष लिलाकुमारी भण्डारीलगायत प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन पुगेका हुन्।

शनिबार बिहान ८:३० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम तय गरिएको छ। त्यसपछि बन्द सत्रमा संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया तथा व्यवस्थापकीय प्रणालीसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गरिनेछ।

संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले ‘लेजिस्लेटिभ एकेडेमी’ तथा संसदीय अनुगमन कार्यमा एकरूपता सम्बन्धी विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको छ। सूचना प्रविधि विज्ञ विनित सत्यालले ‘डिजिटल पार्लियामेन्ट’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

त्यसैगरी संविधानसभा सदस्य खिमलाल देवकोटाले संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वयका माध्यमबाट कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा धारणा प्रस्तुत गर्नेछन्। पूर्वसचिव डा. सुरेन्द्र अर्यालले ‘आदर्श बजेट निर्माण प्रक्रिया’ सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

कार्यपत्र प्रस्तुतिपछि संघीयता कार्यान्वयनको अवस्था, संसदीय सञ्चालनका असल अभ्यास, अन्तर-व्यवस्थापिका समन्वयका पक्ष तथा आगामी कार्यदिशाबारे सहभागीहरूबीच विस्तृत छलफल हुने आयोजकले जनाएको छ।

0 Comments