काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र शिर काटेर टेबलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको बताएका छन् ।
पार्टीको संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय नेताले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको बताउनुभएको हो । ‘शिर काटेर टेबलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन’ अध्यक्ष ओलीले भो ।
‘विरोधीबाट हमला भइरहेको बेला पार्टीका केही साथी र कतिपय मिडियाले समेत पार्टी कै विरोध गरे’, उनले भने, ‘पार्टीमा कोही एता फर्केर बोल्ने, कोही उत्ता फर्केर बोल्ने । पार्टी विरुद्ध भ्रम फिँजाउने । समीक्षा गर्नुपर्छ भन्ने तर समीक्षा नै नभई कोही हस्ताक्षर गर्न कुद्ने, कोही अनेक भ्रम फैलाउदै कुद्ने। यस्तो प्रवृत्तिले पार्टी एकताबद्ध हुन सक्दैन।’
अध्यक्ष ओलीले पार्टी भित्र अहिले व्यापक एकता चाहिएको बताए। एमाले ३६ वर्षदेखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउँदै सबै नेता कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने प्रष्ट पारे ।







