काठमाडौँ । लोक सेवा आयोगले प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरेको छ ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरी तर्फको विज्ञापन नं. ०६/०८२-८३ (खुला/समावेशी), प्रहरी सहायक निरीक्षक (जनपद) पदमा श्री काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगंज, काठमाडौँबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको हो ।









