२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकुम्वासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

अ+ अ-

काठमाडौँ । सुकुम्वासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने जनाएको छ । कामपा-११, १४, ३१ र ३२ आसपासमा नदी किनारामा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने कामपाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।

“विगतका वर्षमा नदी आसपासका स्थानमा नै बाढीजन्य घटना बढी घट्ने गरेका थिए । उक्त स्थानमा रहेको बसोबास हटाइएपछि यस वर्ष एक–दुई स्थान छिट फुटबाहेक नदीजन्य विपद्का घटनामा कमी आउने विश्वास छ,” उनले भने । उनका अनुसार सामाखुसीदेखि खाडी पाखासम्मको स्थानमा भने सावधानी अपनाउनुपर्ने छ । बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि कामपाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिए ।

सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनर्स्थापना, लागि वडा र समुदाय स्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिने गरी कामपाले काम गरिसकेको उनको भनाइ छ ।

सहर सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माणको आवश्यकता रहेको पनि उनले बताए ।  सामूहिक ज्ञान, सीप र सोच विकासबाट जोखिम घटाउने काम गर्नुपर्ने आवश्यकतालाई रणनीतिक योजनाले पूरा विश्वास लिइएको छ । आगामी वर्ष रणनीतिक योजना कार्यान्वयन थालिने र त्यसैअनुसार कार्यक्रम र बजेट प्रस्ताव गरिने उनको भनाइ छ ।

विपद् व्यवस्थापनको सवालमा विभिन्न पूर्व तयारी संयन्त्र, ती संयन्त्रसँग पालिका र वडा स्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइसकेको उनको भनाइ छ ।

“वडा स्तरीय विपद् व्यवस्थापनका लागि पूर्वाधार विकासजन्य जोखिमसहित पूर्वानुमान गर्ने, कामपाका केन्द्र र वडा स्तरीय क्षमता विकास गर्ने गरी नीति ल्याउनुपर्ने आवश्यकता छ,” उनले भने । सहरको पहिलो जोखिम आगलागी रहेको भन्दै जोशीले जोशीले विद्युत्जन्य आगलागीको जोखिम बढ्दै गएको बताए । “आगलागीको खबर प्राप्त भएको आधा मिनेटभित्र दमकल स्टेसनबाट बाहिर निस्किने गरेका छन् । सडकमा यातायातको चापका कारण गन्तव्यमा पुग्न कठिन छ,” जोशीले भने

0 Comments