२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको अन्तिम चेतावनी

अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना निर्धारित समयभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ ।

महानगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार आगामी जेठ ९ गतेभित्र संरचना स्वेच्छाले नहटाए स्थानीय तह आफैँले डोजर प्रयोग गरी हटाउनेछ । त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पक्षबाट असुल गरिने चेतावनीसमेत दिइएको छ ।

महानगरका अनुसार फिर्केखोला को वडा नम्बर १८ स्थित अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८ र १७ हुँदै वडा नम्बर ६ को गाईघाट क्षेत्रमा पुगेर फेवाताल मा मिसिने क्षेत्रभित्र विभिन्न भौतिक संरचना निर्माण गरिएको पाइएको छ ।

यसअघि महानगरको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी सीमांकनका लागि पोल गाडेको थियो । सोही सीमाभित्र परेका संरचनालाई हटाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

महानगरले २०८० कात्तिक १० गते पहिलो पटक ३५ दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन आग्रह गरेको थियो । उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरा मा रिट दायर भए पनि अदालतले महानगरको कदमविरुद्ध उत्प्रेषण तथा परमादेश जारी गर्न आवश्यक नदेखिएको फैसला गरेको थियो । त्यसपछि अतिक्रमण हटाउने कार्यमा कानुनी अवरोध हटेको महानगरको भनाइ छ ।

महानगरपालिकाले अदालतको फैसला तथा गत वैशाख ४ गते जारी गरिएको सूचनालाई आधार मानेर पुनः अन्तिम सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।

सूचनामा तोकिएको समयभित्र संरचना नहटाए महानगर आफैँले हटाउने र त्यस क्रममा लाग्ने प्राविधिक तथा व्यवस्थापकीय खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट कडाइका साथ असुल गरिने उल्लेख गरिएको छ ।

0 Comments