२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजारको मागअनुसार आईटी जनशक्ति उत्पादन गर्ने नयाँ पाठ्यक्रमबारे बहस सुरु

अ+ अ-

काठमाडौँ । सूचना प्रविधि (आईटी) क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनलाई लक्षित गर्दै बजारको मागअनुसार तयार गरिने नयाँ पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ ।

नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यमा स्वीस सरकारअन्तर्गतको विकास तथा सहकार्य निकाय (एसडिसी) र स्वीस कन्ट्याक्टको प्राविधिक तथा आर्थिक सहयोगमा पाठ्यक्रम विकास प्रक्रिया अघि बढाइएको हो ।

यसै सन्दर्भमा सूचना प्रविधि तथा सफ्टवेयर कम्पनीहरूको छाता संस्था नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आयोजना गरेको अन्तरक्रियाबाट औपचारिक बहस प्रारम्भ गरिएको छ ।

कार्यक्रममा सहभागी विज्ञहरूले समयसापेक्ष, व्यवहारिक र उद्योगको आवश्यकतासँग मेल खाने पाठ्यक्रम आवश्यक रहेको औँल्याउँदै विश्वविद्यालय तहको आईटी शिक्षालाई बजारमुखी बनाउनुपर्ने सुझाव दिएका छन् ।

नास-आईटीका अध्यक्ष गौरव पाण्डेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको मागलाई ध्यानमा राखेर पाठ्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उद्योग र शैक्षिक क्षेत्रबीचको खाडल कम गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार उद्योगले खोजेजस्तो सीपयुक्त जनशक्ति नहुँदा एकातिर विद्यार्थीले रोजगारी पाउन कठिनाइ भोग्नुपरेको र अर्कातिर उद्योगले आवश्यक जनशक्ति अभाव झेल्नुपरेको अवस्था छ, जसलाई अन्त्य गर्न पाठ्यक्रम सुधार अपरिहार्य रहेको छ ।

नेपाल खुला विश्वविद्यालयको स्कुल अफ आईटीका प्रमुख डा. भोजराज घिमिरेले नयाँ पाठ्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई), डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ र साइबर सुरक्षा जस्ता समसामयिक विषय समेटिने जानकारी दिए ।

कार्यक्रममा वक्ताहरूले एआईको तीव्र विकाससँगै सूचना प्रविधि क्षेत्र रूपान्तरण भइरहेको उल्लेख गर्दै नयाँ पाठ्यक्रमले समस्या समाधान क्षमता, डेटा विश्लेषण, आलोचनात्मक सोच र एआईसँग सहकार्य गर्ने दक्षता विकास गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

0 Comments