२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

अ+ अ-

नवलपरासी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित गैँडाकोट इङ्गलिस स्कुलले नगदसहित सम्मान गरेको छ । 

विद्यालयबाट चार जिपिए ल्याई उत्तीर्ण हुने विद्यार्थी तेजस्वी पन्तलाई गैँडाकोट नगरपालिका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला तथा विद्यालयका प्रधानाध्यापक हीरालाल अर्यालले रु. एक लाख नगदसहित सम्मान गरेका हुन् ।

आज भएको नगद पुरस्कार हस्तान्तरण तथा सम्मान कार्यक्रममा नगर शिक्षा अधिकारी कोइरालाले विद्यालय तहको पाठ्यक्रमले धेरै जिपिए ल्याउन मद्दत गरेको भए पनि नम्रता, अनुशासन र सामाजिक मूल्य र मान्यतामा विद्यार्थी कमजोर रहेको बताए । जिपिए मात्रै सबै कुरा नभएको भन्दै आचार्यले गुणस्तरीय शिक्षा प्राप्त गर्ने प्रक्रियामा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकले जोड दिनुपर्ने बताए । 

अहिले विद्यार्थीहरू शिक्षामा अब्बल हुँदै गएको भए पनि नैतिकता, सदाचारी, अनुशासित विद्यार्थी उत्पादन हुन नसकेको आचार्यले बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्यालले विद्यालयको पछिल्लो पाँच वर्षे शैक्षिक गतिविधिको समीक्षा गर्दै विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताए । उनले यस विद्यालय आफ्नो विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीका औषत जिपिए ३ दशमलव ४५ रहेको भन्दै सबैभन्दा बढी औषत जिपिए अङ्ग्रेजीमा ३ दशमलव ८० रहेको जानकारी दिए । 

विद्यार्थीले उच्च जिपिएसहित एसइई उत्तीर्ण रहेको भन्दै आगामी वर्षमा यसलाई निरन्तरता दिन सक्नुपर्नेमा प्रधानाध्यापक अर्यालले जोड दिए । उक्त कार्यक्रममा जिपिए चार ल्याउने विद्यार्थी तेजस्वी पन्तले आफ्नो नियमित पढाइसँगै शिक्षक र अभिभावकको सहकार्यले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । अध्ययनका क्रममा पाठ घोकेरभन्दा पनि विषयवस्तुलाई राम्रोसँग बुझेर पढ्न सकेमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने पन्तले बताए। 

गएको आइतबार सार्वजनिक भएको २०८२ को एसइईको नतिजाअनुसार जिल्लाबाट १९ जना विद्यार्थीले जिपिए ४ प्राप्त गरेका छन् । प्राविधिकसहित सामुदायिक र संस्थागत गरी जिल्लाका १४३ विद्यालयबाट पाँच हजार ६९७ विद्यार्थी एसइईमा सहभागी भएमा चार हजार १३० जना उत्तीर्ण भएका छन् । जिल्लाबाट ७२ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले जनाएको छ ।  

0 Comments